८ आश्विन २०८०, सोमबार

सर्वसहमतिले बि.ब्या. समिति गठन

dsc00199अमर श्रीवास्तव,बहादुरगंज ।कपिलबस्तुकाे बहादुरगंजमा रहेकाे श्री महेन्द्र प्राविमा बिद्यालय ब्यावस्थापन समिति तथा शिक्षक अभिभावक समिति सर्वसम्मतले गठन गरिएकाे छ ।

        बहादुरगंज स्राेतकेन्द्रका स्राेत व्यक्ति बनारसीलाल गुप्ताकाे अध्यक्षता र स्थानिय समाजसेवी रजत प्रताप शाहकाे प्रमुख अतिथ्यतामा शुरु भएकाे समिति चयन कार्यक्रम विद्यालयका अभिभावक भेला बाेलाई गरिएकाे थियाे । भेलाबाटै ११ सदस्यीय शिक्षक अभिभावक समिति र चार सदस्यीय बिद्यालय व्यावस्थापन समिति चयन गरिएकाे जानकारी स्राेतव्यक्ति गुप्ताले बताएका छन । शिक्षक अभिभावक समितिका अध्यक्ष पदमा झगरु चमार तथा सदस्यहरुमा धर्मराज कुर्मी,राममिलन कहांर,राम सवांरे अग्रहरी,प्रदीप मिश्रा,इन्द्रवती यादव,बिट्टा हरिजन, सावित्री कुर्मी त्यस्तै शिक्षक प्रतिनिधिमा बिद्यालयकि प्रअ बिमला उपाध्याय र शिक्षिका किरन श्रेष्ठ लगायतकालसर्वसम्मतले चयनित भएका छन। साथै भेलाले बीरबल बरई, विष्णु माैर्य, मुर्ता हरिजन तथा सुभावति हरिजन गरि चार सदस्यीय बिद्यालय व्यावस्थापन समिति गठन गरेकाे छ , संशाेधित शिक्षा नियामावली अनुसार उक्त समितिले नै सर्वसम्मतमा संयाेजक चयन गर्ने प्रवधान रहेकाे कुरा प्रअ उपाध्यायले बताईन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट