जसपा नेपाल लाई देशको बैकल्पिक पाटी बनाउन नेताहरू को दोैडधुप
नन्दु यादव असाेज ७पश्चिम नवलपरासी
पश्चिम नवलपरासीमा जनता समाजबादि पार्टी नेपालले सगठन सुदृढीकरण तथा बिस्तार कार्यक्रमलाई धमाधम अगाडि बढाईरहेकाे छ। विभिन्न स्थानिय तहमा धमाधम पार्टि बिस्तार कार्यक्रममा जिल्ला देखि केन्द्रीय दर्जाका नेताहरु निकै सक्रियताका साथ नवलपरासी मा लागि परेका छन।दिनहु नेताहरु कार्यकर्ताहरुलाई अाफ्नाे पार्टि तर्फ रिझाउन निकै रस्साकस्सि गरिरहेका छन।पार्टी लाई देशकाे बैकल्पिक शक्तिकाे रुपमा ल्याउन नेताहरु क्षेत्रकाे दाैडधुपमा ब्यस्त रहेका छन ।यसैगरि अाज रामग्राम नगरपालिका वडा न ४मा वडा स्तरीय भेला गरि अभिमुखिकरण तथा पार्टि बिस्तार कार्यक्रम सम्पन्न गरेकाे।
रामग्राम नगरपालिका वडा न ४का सदस्य प्रभुलाल माैर्यकाे अध्यक्षता तथा पुर्व शिक्षा राज्यमन्त्री गाेबिन्द चाैधरीकाे प्रमुख अतिथ्यता र ज.स.पा का केंद्रीय सदस्य एवम पर्व रक्षा राज्यमन्त्री रामबचन यादवकाे काे विशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएकाे जसपा नवलपरासी ले जनाएकाे छ ।
कार्यक्रम मा नेता चिनक कुर्मी, जिल्ला अध्यक्ष धरेन्द्र यादव ,उपाध्यक्ष राेहित सहानी ,बिन्दा चाैधरी ,वडा न ४का वडा अध्यक्ष मदन यादव,रामकुन्डल यादव लगायतले अाअाफ्नाे धारणा राख्नु भएकाे थियाे
।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि चाैधरीले नेपाल मा बसाेबास गरिरहेका मधेशी ,थारु, दलित ,मुस्लिम जातिहरुले अझै पनि नेपालकाे सबिधानबाट हकअधिकार पाउन नसकेकाे गुनासाे गर्नु भयाे ।संविधान नै ससाेधन गरिनुपर्ने भन्दै हामि लामाे समय देखि सडक र सदनमा अावाज उठाउदै अाईरहेका छाै तै पनि सरकारले कुनै पनि मागप्रति चासाे नदिएकाे ले अबकाे देश निकास का लागि सबैले जनता समाजबादी पार्टी मा अाबध्द भई निर्वाचन मा देशकाे पहिलाे पार्टि बनाउनु पर्ने अावश्यकता रहेकाे वहाले बताउनु भयाे ।जबसम्म जसपाले देशकाे नेतृत्व गर्दैन तब सम्म हाम्राे देश काे बिकास हुन सक्दैन वहाले जिकिर गर्नु भयाे ।यसकारण अब सबै अामनागरिकहरु अाअाफ्नाे ठाउबाट एकजुट हुन सबै कार्यकताहरु लाई अाग्रह गर्नु भयाे ।यसै गरि कार्यक्रम बाट राधेश्याम पटेलकाे सयाेजकत्वमा ४१सदस्यीय वडा कार्यसमिति गठन गरिएकाे छ जसकाे बरिस्ठ उपाध्यक्ष मा गोबिन्द्व यादव ,उपाध्यक्ष मा महेश सहानी ,सचिवमा रामानन्द कोइरी सहसचीवमा रामादल केवट ,कोषाध्यक्षमा शिव प्रसाद कोहार
सह्कोषाध्यक्षमा चन्दा हरिजन लगायत रहनु भएकाे थियाे ।
