चीनको सैन्य विस्तारबारे जापन लगायत युरोपेली मुलुक संगठित

सेयर गर्नुहोस

टोक्यो। चीनको सैन्य विस्तारले द्वन्द्व बढाउने जोखिम रहेको भन्दै जापानले युरोपेली मुलुकहरुसँग आग्रह गरेको छ । दी गार्जियनमा सोमबार प्रकाशित अन्तर्वार्तामार्फत जापानका रक्षामन्त्री नोवो किसीले चीनको सैन्य विस्तारले जोखिम बढाउन सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायलाई सतर्क रहन चेतावनी दिएका छन् ।

चीनले पछिल्लो समय साउथ चाइना सी र पूर्वी क्षेत्रमा आफ्नो दाबी गर्दै सैन्य विस्तार गरिरहेको छ । रक्षामन्त्री किसीले चीनको सो गतिविधिले छिमेकी मुलुक र अन्य अन्तर्राष्ट्रिय समुदायलाई चिडाउन सक्ने भन्दै युरोपेली मुलुकहरुलाई मुख खोल्न आग्रह गरेका छन् ।

‘चीनले आफ्नो क्षेत्र वरिपरी रहेका ताइवान लगायत अन्य टापुहरु, भारतीय सीमा क्षेत्र र साउथ इस्ट चाइना सी क्षेत्रमा आफ्नो सैन्य शक्ति विस्तार गरिरहेको छ’ उनले भनेका छन्, ‘यसले हामीलाई मात्र प्रभाव पार्ने नभई विश्व समुदायमा समेत जोखिम निम्त्याउने छ । त्यसैले यसबारे सबैले बोल्न जरुरी छ ।’ एजेन्सी

Facebook Comments Box