१२ बैशाख २०८१, बुधबार

भ्रष्टाचार निवारण बिभागको प्रमुख ओझा चयन

कपिलवस्तु – जनमत पार्टी कपिलवस्तु जिल्ला समन्वय समितिको निर्माण अनुसार जनमत पार्टीको केन्दीय भ्रष्टाचार निवारण बिभाग प्रमुखमा मनोज कुमार ओझाको नाम सिफारिस हुनु भएको छ !

जनमत पार्टी कपिलवस्तुको संपूर्ण पदाधिकारी हरूद्वारा सर्बसम्मत रूपमा कपिलवस्तु जिल्लाको कृष्णनगर नगर पालिका वार्ड न .१२ टोल नरैनापुर बस्ने मनोज कुमार ओझा को भ्रष्टाचार निवारण बिभाग प्रमुखको लागि जनमत पार्टी कपिलवस्तु द्वारा केन्द्रिय कार्यलय मा २०७८/५/२६ गते सिफारिसको लागि नाम पठाइएको थियो !

जनमत पार्टी कपिलवस्तुको पदाधिकारीहरुको माग अनुसार निर्णय गरेको हो र जनमत पार्टीको केन्द्रीय भ्रष्टाचारनिवारण बिभाग को अध्यक्ष संजय कुमार मिश्र द्वारा ओझाको नाम मनोनीत गरी घोषणा गरिएको हो !

कपिलवस्तु जनमत पार्टी जिल्लाको सामान्य समितिको निर्णय अनुसार ओझा लाई जनमत पार्टीको जिल्ला भ्रस्टाचार निवारण बिभाग प्रमुख जस्तो गरिमामय पदमा केन्द्रबाट निर्णय गरेर केन्द्रीय प्रमुख मिश्रले घोषणा गर्नु भएको हो !

धेरै कमेन्ट गरिएका

ताजा उपडेट