थरुहट मोर्चाले संविधानको धारा २७४ जलाइ कालाे दिन मनायाे

सेयर गर्नुहोस

 

कैलाली, ३ असोज । थरुहट मोर्चाले असोज ३ कालो दिन भन्दै संविधानको धारा २७४ र अनिसूची ४ जलाएको छ ।

३ असोज २०७२ मा नेपालले जारी गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको धाराप्रति असन्तुस्ट जनाउदै आफ्ना माग सम्बोधन नभएको भन्दै सो धारा जलाइएको मोर्चाका जिलला संयोजक माधब थारुले बताए । उनका अनुसार संविधान जारी भएदेखि नै आफूहरुको लागि असोज ३ कालो दिन नै हो ।

आजको दिन देशमा दिपावली मनाईन्छ, तर थरुहट पक्षघरले कालो दिनकोरुपमा लिन्छन् । थारु समुदायले उठाउँदै आएको माग मुद्धा सम्बोधन नहुन्जेल असोज ३ खुशीयालीको दिन हुननसक्ने थारु अगुवाहरुको भनाई छ ।

Facebook Comments Box