४ बैशाख २०८१, मंगलवार

साथीहरुबीच आपसी विवाद हुादा चक्कु हानाहान, चार घाइते

सीताराम चौधरी
चन्द्रौटा ।
क्रिकेट खेल खेल्ने क्रममा खेलमैदानमै आपसी विबाद हुादा साथी साथीबीच चक्कु हानाहान हुादा कपिलवस्तुको चन्द्रौटामा चार किशोर घाइते भएका छन् ।
घाइते हुनेमा शिवराज नगरपालिका ६, चन्द्रौटाका २० वर्षीय सुशिल थापा, शिवराज नपा ५ का २० वर्षीय अब्जाल अहमद, सोही ठाउाका २४ वर्षीय फिरोज अहमद र २२ वर्षीय मुक्तार अहमद रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
घाइतेहरुमा सुशिलको टाउकोमा चोट लागेको, फिरोज र मुक्तानको हातमा र अब्जालको ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते सुशिलको संजीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको र अब्जालको चन्द्रौटा नेशनल पोली क्लिनिकमा उपचार भइरहेको प्रहरीले बताएको छ । भने फिरोज र मुक्तार भने उपचारपछि घर फर्किएको बताइएको छ । झगडामा संलग्न अन्य भने भागेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट