बिरामीलाई भत्ता दिने सरकारको निर्णयको पूर्व स्वास्थ्यमन्त्री बोहराद्वारा स्वागत गरिदै ।

सेयर गर्नुहोस

काठमाडौं । राप्रपाका नेता तथा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले विभिन्न रोगका विरामीलाई सरकारले मासिक पाँच हजार भत्ता दिने गरेको निर्णयप्रति हर्ष प्रकट गरेका छन् । हिजो मात्र सरकारले प्रतिस्थापन विधयेक मार्फत क्यान्सर, मिर्गौला रोग र गम्भिर मेरुदण्ड पक्षघात भएका दिर्घ रोगीहरुलाई मासिक ५ हजार भक्ता दिने निर्णय गरेको थियो ।
बोहराले आफू स्वास्थ्य मन्त्री भएकै बेला उक्त जनमुखि कार्यक्रम ल्याएको तर पछिल्लो सरकारले त्यसलाई खारेज गरेको स्मरण गराउँदै वर्तमान सरकारले उक्त कार्यलाई निरन्तरता दिने पुनः निर्णय गरेकामा हर्ष प्रकट गरेका हुन् ।
शनिबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन–‘तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्रीको हैसियतले मैले २०७४ पुष १४ गते मन्त्रिरिषदको बैठकमा प्रस्ताव गरि क्यान्सर, मिर्गौला रोग र गम्भिर मेरुदण्ड पक्षघात भएका दिर्घ रोगीहरुलाई मासिक ५ हजार भक्ता दिने जनमुखि निर्णय गरी वितरण समेत शुरु गरिसकेका थियौं । तर ०७४ को आम निर्वाचनपछि बनेको सरकारले त्यो निर्णय खारेज गरेको थियो ।’
नेता बोहराले उक्त निर्णय गरेकामा सरकारप्रति आभार प्रकट गर्दै यो निर्णयले त्यस्ता दीर्घ रोगीको मुहारमा खुशी छाउने विश्वास पनि व्यक्त गरेका छन् ।

Facebook Comments Box