एमसिसि खारेजको माग गर्दै अर्घाखाँचीमा एमसिसिको सम्झौता कागज दहन विरुद्ध
लक्ष्मण बि सि,
२६ भदौ अर्घाखाँची
नेपाल कम्यूनिस्ट पार्टी अर्घाखाँचीले आज सन्धिखर्कमा राष्ट्रघाती एमसिसि सम्झौताको कागज जलाएर बिरोध गरेको छ।
अमेरिकाले एमसिसि परियोजना मार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैँयामा राखिएका बुँदाहरु राष्ट्रघाती भएको र यो सम्झौता तुरुन्त खारेजिको माग गर्दै सम्झौता कागज जलाएर बिरोध गरेको सनपा र भुनपा नगर इन्चार्ज नविन खड्काले जानकारी दिएका छन ।
बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै सनपा र भुनपा नगर इन्चार्ज नविन खड्काले एम सि सि सम्झैतामा भएका मुख्य १४ बटा राष्ट्रघाती बुँदाहरु पढेर सुनाउँदै अमेरिकी सेनाको गोली खानु भन्दा यहीँका हाम्रा सुरक्षाकर्मी दाजुभाईका बुट र गोली खान तयार भएको तर कुनै हालतमा एमसिसि पास हुन नदिने बताएका छन ।
Facebook Comments Box
