७ जेष्ठ २०८१, सोमबार

नि:शुल्क आाखा शिविर सम्पन्न ।।

15591913_10207133848977232_1753684550_nरौतहट, पुष २ । रौतहटको हजमिनिया दरवारमा १ दिने नि:शुल्क आाखा शिविर संचालन गरिएको छ ।
श्रीराम नरेश लक्ष्मण मा.वि .हजमिनियामा आज नेपाल भारत मैत्री संघको आयोजनामा गौर आाखा अस्पताल पुरेनवाले आाखा परिक्षण शिविर संचालन गरेका छन । सो शिविरमा ४७५ जना आाखा बिरामी मध्ये २२५ जनालाई नि:शुल्क चेकजाच गरी निशुल्क लेन्स सहित मोतिया विन्दको अपरेशन गर्ने गौर आाखा अस्पताल प्रशासन शाखा प्रमुख नागेश्वर चौधरीले जानकारी गराएको छ ।
साथै अपरेशन भएका विरामीहरुलाई नि:शुल्क औषधी , खाना , कालो चश्मा उपलब्ध गराउने स्थानिय आयोजना विजय श्रीवास्तव समेतले सो शिविरमा सहयोग गरेको छ ।

धेरै कमेन्ट गरिएका