मर्यादापालक र एमाले सांसदको घम्साघम्सी सत्तापक्षको पहिलो लहरको , टेबल भाँचियो

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
२५ अर्घाखाँची
काठमाडौ :प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद तथा मर्यादापालकहरुबीच संसद् भवनमा भएको घम्साघम्सीमा सत्ता पक्षको पहिलो लहरको टेबल भाँचिएको छ।

एमालेका सांसदहरुको नाराबाजीका कारण पहिलो बैठक १५ मिनेट स्थगित गरेका थिए। सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश टेबुल गर्न समय दिएका थिए। त्यस समयमा एमालेका सांसद र मर्यादापालकहरुबीच घम्साघम्सी सुरु भएको थियो। पहिलो लहरमा कांग्रेसका महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र सीतादेवी यादव रहेका थिए।

घम्साघम्सीमा कांग्रेसका सांसदहरुलाई जोगाउन दिलेन्द्रप्रसाद बडू र देवप्रकाश तिमल्सिनामा अगाडि गएका थिए। टेबुल भाँचिएपछि कोइराला, सिंह र यादव पछिको लहरमा बस्न गएका थिए।

Facebook Comments Box