क्लिन गौर ग्रिन गौर निमित सरसफाई अभियानले जिशिकामा सरसफाई ।

सेयर गर्नुहोस

15590541_1818594318414991_3968609965649839182_nरौतहट, पुष २ । क्लिन गौर ग्रिन गौर निमित सरसफाई साप्ताहिक अभियानले आज जिल्ला शिक्षा कार्यालय गौरमा सरसफाई गरि वृक्षारोपन कार्याक्रम सम्पन्न भएको छ ।
सचेत युवाहरुको सानो प्रयास क्लिन गौर ग्रिन युथ अफ ग्रुप रौतहटको आयोजनामा निमित साप्ताहिक रुपले संचालनमा आएका सरसफाई सहितका स्वच्छता कार्यक्रमलाई आज जिल्ला शिक्षा कार्यालय गौर लाई सबै अभियानीहरुले सरसफाई गरी वृक्षारोपन समेत गरीएको छ ।
सचेत युवाहरुको सानो प्रयास अन्तर्गत संचालानार्थ यस कार्याक्रम लाई जिल्लाका विभिन्न संघ संस्थामा आवद्ध रही कार्य गर्दै आई रहेका युवाहरुले आफनो सदरमुकाम लगायत जिल्लाको अन्य शहर बजार लाई स्वच्छ वातावरण बनाउने निस्वार्थ ढंगले सहभागीता भएका छन ।
सदरमुकाम लाई हरियो तथा सरसफाई , स्वच्छता दुर्गन्ध रहित बाट मुक्त बनाउने साप्ताहिक अभियानमा योगेन्द्र राय यादव , मनोज गिरी , अभिमनु कुमार पटेल , विनयलाल कर्ण , अरबिन्द कुमार यादव , दिनेश कुमार यादव , ओमप्रकाश साह , सत्येन्द्र प्रताप सिंह , प्रकाश भाई , संजिप गुप्ता ,सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट तथा नेपाल प्रहरी लगायत अन्य अभियानीहरुको सहभागिता रहेका थिए ।

Facebook Comments Box