बझाङका सन्तोष मल्लले सभापतिमा उमेद्वारी दिने
लक्ष्मण बि सि,
२४ भदौ अर्घाखाँची
आसन्न गाउँ अधिवेशनमा बझाङ जिल्लाको केदारस्यु गाउँ कार्य समितको सभापतिमा काँग्रेसका युवा नेता सन्तोष मल्लले उमेद्वारी दिने भएका छन्।
२०५६ देखि नेपाली काँग्रेसमा क्रियाशील रहेका मल्लले युवाहरुले पार्टीको नेतृत्व लिएमा पार्टी गतिशील हुने भएकोले उमेद्वार बन्न लागेको बताए। गाउँ तथा जिल्लाबाटै काँग्रेसको नेतृत्वमा युवा आए पार्टीले राजनीतिक सफलता प्राप्त गर्ने मल्लको विश्वास छ।
यस्तै उपसभापतिमा अर्का युवा पदम भट्टले उमेदवारी दिने बताए। भट्टले युवाहरु काँग्रेसलाई कुशल नेतृत्व दिन सक्छन भन्ने कुरा प्रमाणित गर्न सभापति मल्लसँगै उपसभापतिको उमेद्वार बन्न लागेको बताए।
Facebook Comments Box
