१ श्रावण २०८१, मंगलवार

मसाल जुलुस प्रर्दशन ।।

कपिलवस्तु । प्रदेश नं. ५ टुकाउने विधयेकको विरोध गर्दै गोरुसिंगेमा मसाल जुलुस प्रर्दशन भएको छ । नेकपा एमाले, नेपालि कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा माले लगायतका दलहरु विरोधमा उत्रिएका छन । क्याम्पस चोक बाट सुरु भएको मसाल जुलुस गोरुसिंगे बजार हुदै वसपार्कमा अनत्य भएको थियो ।
वसपार्कमा भएको कोण सभामा वोल्दै नेकपा एमाले जिल्ला सचिवालय सदस्य पिताम्वर खनालले सरकारले विधयेक फिर्ता नलिए सम्म आन्दोलन नरोकिने वताउनु भयो । नेपाली कांगेसका हरी प्रसाद घिमिरेले सरकारको रवैयाका कारण ३ दिने वन्द गर्नु परेको वताउनु भयो । कोण सभामा राष्ट्रिय जनमोर्चाका गणेस खनाल, नेकपा मालेमा रमेश श्रेष्ठले प्रदेश नं. ५ टुक्राउन खोजेकोमा विरोध गर्नु भएको थियो । कार्यक्रम एमाले जिल्ला सदस्य कृष्ण प्रसाद भट्टराईको संचालन मा सम्पन्न भएको थियो । आन्दोलनका कार्यक्रम अन्र्तगत पुस १,२,३ गते प्रदेश वन्दको आयोजना गरीएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट