२३ कार्तिक २०८१, शुक्रबार

शैक्षिक प्रर्दशनी सम्पन्न ।।

कपिलवस्तु । जिल्ला शिक्षा कार्यालय कपिलवस्तुको आयोजना स्रोत केन्द्र गोरुसिंगेको संचालनमा १ दिने शौक्षिक प्रर्दशनी तथा सास्कृतिक प्रतियोगीता सम्पन्न भएको छ । विहिवार गौतम वुद्ध उच्च मा.वि.मा सम्पन्न प्रर्दशनीमा शिक्षण सिकाई कृयाकलापमा प्रयोग हुने शौक्षिक सामाग्री, विद्यार्थी निर्मित सामाग्री , शिक्षक निर्मित सामाग्री र बाल विकासका सामाग्री प्रर्दशन गरीएको थियो ।
कार्यक्रममा बालबालिकाहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । शैक्षणिक कृयाकलापमा सामाग्रीको प्रयोग भई सिकाई उपलव्धीमा वृद्धी होस भन्ने उद्धेश्यका साथ प्रर्दशनीलाई सहयोग गरीएको सेभ द चिल्ड्रेक कपिलवस्तु प्रमुख ईश्वर खत्रिले बताउनु भयो । कार्यक्रम संचालनका लागी सेभ द चिल्ड्रेनले सहयोग गरेको थियो । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यालय कपिलवस्तुका सहायक जि शि अ बावुराम भट्टराईले यस किसीमका कार्यक्रमले विद्यालयमा सामाग्री संकलन हुने र सामाग्री निमार्णको लागी लगाव बढने वताउनु भयो ।
प्रर्दशनीमा बाल विकास तर्फ गौतम वुद्ध उमावि प्रथम, भृकुटी उमावि द्धितिय, प्रावि वडहरा तृतिय, जन कल्याण प्रावि गेल्वार सान्तवाना भएका थिए। आधारभुत तर्फ सनसाईन प्रावि ढडिहवा प्रथम, ने रा प्रा वि मोर्मि द्धितिय, श्री निमावि वक्डरीया तृतिय र सन राईज बोडिंग सान्वाना स्थान हासील गरेको थियो । मा वि तर्फ भृकुटी उमावि प्रथम, गौतम वुद्ध उमावि द्धितिय , सोसल ईंगलिस बोडिंग स्कुल तृतिय, नेरा मावि रनगाई सान्तवना भए ।
सास्कृतिक प्रतियोगिता तर्फ आधारभुत तहमा त्रिशक्ती निमावि टाकु प्रथम, नेरा निमावि मोर्मा द्धितिय , जन कल्याण प्रावि वुड्डी तृतिय, ने रा प्रावि मोर्मि सान्तवाना भएका थिए । मावि तर्फ रेसिडेन्सियल बोडिंग प्रथम, सोसल बोडिंग स्कुल द्धितिय , गौतम वुद्ध उमावि तृतिय, सान्तबना नेरा मावि राजपुर सान्तवाना भएको गोरुसिंगे सा्रेत केन्द्रका स्रोत व्याक्ति खेम राज पौडेल वताउनु भयो । बाल विकास केन्द्रको पुरस्कार सेतो गुरास वाल बिकास सेवाले प्रवन्ध गरेको थियो ।

धेरै कमेन्ट गरिएका