अर्घाखाँचीमा कांग्रेस सभापति चयन सहमतीमा गर्न छलफल शुरु, यादव घिमिरेलाई प्राय केन्द्रिय नेताहरुको समर्थन गरिने

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
२४ भदौ अर्घाखाँची
नेपाली कांग्रेस अर्घाखाँची जिल्ला कार्य समितीको सभापतिमा यादव प्रसाद घिमिरे, उपसभापति शान्ता भण्डारी र सचिवमा केशब श्रेष्ठ एवम बिष्णु खनाल मुस्कानलाई केन्द्रमा पठाउने गरी आन्तरिक छलफल भएको छ ।

बाँयाबाट क्रमश: यादव प्रसाद घिमिरे, बिष्णु प्रसाद खनाल ( मुस्कान ), केशब श्रेष्ठ र इन्द्रमणि पाैडेल

नेपाली कांग्रेसको जिल्ला पार्टी सभापति पदको लागि ४ जना बिष्णु प्रसाद खनाल ( मुस्कान ), यादव प्रसाद घिमिरे, केशब श्रेष्ठ र इन्द्रमणि पाैडेलले उम्मेदवारी घोषणा गरे लगतै सहमतीका लागि आन्तरिक छलफल शुरु भएको हो । सहमतीको लागि प्रयास जारी छ ।

साथै केन्द्रिय सदस्य मानबहादुर विश्वकर्मा, पुष्पा भुसाल, पुर्वमन्त्री ढुण्डिराज शास्त्री, रेवती प्रसाद भुसाल, नेता डा. रामबहादुर विसीलाई सहमतीमै सभापति सहित जिल्लाका सबै पदमा सहमती गर्न कार्यकर्ताले दवाव दिएका छन् । जिल्ला कार्य समितीको १३ औं जिल्ला अधिवेशनमा बिष्णु मुस्कानलाई समर्थन गरेता पनि यो पटक भने प्राय नेताहरुले यादव प्रसाद घिमिरेलाई समर्थन गरेको स्रोतको भनाई छ ।

उता जिल्लामा मुस्कानलाई अब निरन्तरता दिन हुन्न भन्ने पक्षमा सबै पालिकामा कांग्रेसका कार्यकर्ता आवाज उठाएको देखिन्छ । सन्धिखर्कमा वार्ड सभापति जितेका २ जनाले नाम उल्लेख नगर्न भन्दै भने; “मुस्कानका कारण गएका प्रतिनिधिसभा, प्रदेश निर्वाचनमा हार र स्थानिय निर्वाचनमा पनि सोचे जस्तो कांग्रेसले गर्न सकेको छैन् । अब मुस्कानलाई अब निरन्तरता दिने कुरै आउदैन ।

यस पटक उम्मेदवारी घोषणा गरेका मध्ये यादव प्रसाद घिमिरेलाई जिताउनु पर्छ भन्ने कांग्रेस नेता, कार्यकर्ता बढी रहेको देखिन्छ । सबै पालिका, वार्डमा अन्यको तुलनामा कांग्रेस नेता, कार्यकर्ताहरुले घिमिरे नै अबको जिल्ला सभापति हुनुपर्ने बताएको देखिन्छ । घिमिरेको बौदिकता र लामो सम्यदेखि पार्टी योगदानका कारण मुस्कानको तुलनामा धेरै योग्य रहेको उनिहरुको भनाई छ ।

यस अघि २०७२ माघ २५ गते सोमवार कांग्रेस अर्घाखाँची जिल्ला कार्य समितीको १३ औं जिल्ला अधिवेशनबाट सभापतिमा विष्णुप्रसाद खनाल ‘मुस्कान’ निर्विरोध निर्वाचित भएका थिए । त्यो भन्दा अगाडिको १२ औ जिल्ला अधिवेशनमा बिष्णु मुस्कान कमलप्रसाद भुसालसित ४ मत अन्तरले पराजित भएका थिए । भुसालले १३ औं जिल्ला अधिवेशनमा खनाललाई समर्थन गरेका थिए । साथै उक्त बेला केन्द्रिय सदस्य मानबहादुर विश्वकर्मा, पुष्पा भुसाल, पुर्वमन्त्री ढुण्डिराज शास्त्री, रेवती प्रसाद भुसाल, नेता डा. रामबहादुर विसीले सहमतीमै सभापति सहित जिल्लाका सबै पदमा सहमती गर्नु कार्यकर्ताले दवाव दिएका थिए । सभापतिको उम्मेदवारमा दर्ता गराएका वासुदेव आचार्यलाई उपसभापति बनाउने सहमती भएपछि खनाल निर्विरोध भएका थिए । खनाललाई संस्थापनका केन्द्रिय नेता रेवती, कमल, देउवाका पुष्पा, मानबहादुर , शास्त्री, डा. विसीले समर्थन गरेका थिए ।

उता कांग्रेसको १४ औं महाधिवेशन अन्तगर्त अर्घाखाँची जिल्लाका सबै वार्डमा निर्वाचन सम्पन्न भएको

Facebook Comments Box