भारतमा नौ कक्षाका विद्यार्थीले बनाए हत्केला आकारको कम्युटर, मुख्यमन्त्रीले दिए बधाइ

एजेन्सी । भारतको तिरुवरुर जिल्लाको कक्षा नौ मा अध्ययनरत विद्यार्थी एसएस माधवले हत्केलाको आकाको कम्प्युटर बनाएका छन् ।
मुख्यमन्त्री स्टालिनले उनको अद्भुत रचनाको लागी बधाइ दिँदै शुभकामना दिएका छन् । माधवको आविष्कारको सराहना गर्दै स्टालिनले माधवलाई कम्युटरसम्बन्धी अध्ययन र अनुसन्धानका लागि सहयोग गर्ने बताए ।
कोभिडका कारण विद्यालय बन्द हुँदा माधवले अनलाइनमा जाभा, पाइथन, सी, सी प्लस प्लस र कोटलिन जस्ता सफ्टवेयर प्रोग्रामहरुको अध्ययन गरे ।
पछिल्लो दुई बर्ष उनले हत्केलाको आकारको सीपीयू निर्माणमा समय बिताए र उनी सफल पनि भए । उनले मुम्बईका विक्रेताहरुबाट आवश्यक पार्ट्स, मदरबोर्ड खरिद गरी डिजाइन गरेका थिए।
माधवका अनुसार २० पटक असफल भएपछि उनले २१ औं प्रयासमा सफलता प्राप्त गरेका थिए । उनीले ८ हजार रुपैयाँमा मिनी सीपीयू अनलाइनमार्फत बेच्न थालेका छन्। उनले टेराबाइट इंडिया सीपीयू मैन्युफैक्च रिंग कम्पनी नामक एक कम्पनी पनि खोलेका छन् ।एक टेलिभिजन च्यानलसँग कुरा गर्दै माधवले विभिन्न आउटलेटहरु १,००० देखि २,००० रुपैयाँ सम्म खुद्रा बेच्न चाहेको बताए ।
उनले अहिलेसम्म १५ वटा सीपीयू बनाएर बेचिसकेका छन् । माधवकी आमाका अनुसार लकडाउनमा समय बर्बाद नगर्न माधवले कम्प्युटर कक्षासमेत लिएका थिए ।
