चीनकाे बिआरआई परियोजनाहरूमध्ये ९० प्रतिशतले अत्यधिक कार्बन उत्सर्जन गर्ने खालका               

सेयर गर्नुहोस

  चीनले विश्वका पाँचवटा महाद्वीपमा सञ्चालित बेल्ट रोड इनिसिएटिभ (बिआरआई)अन्तर्गतका ऊर्जा परियोजनाहरूमध्ये ९० प्रतिशतले अत्यधिक कार्बन उत्सर्जन गरिरहेको विभिन्न अनुसन्धानले देखाएका छन् । चीनभित्र वातावरणमैत्री पूर्वाधार निर्माण भइरहेको र चीनबाहिर भने उसैले अत्यधिक कार्बन उत्सर्जन गर्ने परियोजनाहरूमा लगानी गरेको वातावरणविद्हरूले आरोप लगाएका छन् ।

चीनको यस्तो भूमिकाले पर्यावरणीय गिरावट र जलविद्युत् परिवर्तन थप बढाउन भूमिका निर्वाह गरेको अध्ययनले देखाएको छ । पाँच महाद्वीपमा फैलिएको बिआरआई परियोजनाबाट पृथ्वीमा गम्भीर नकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ ।

कोइलाबाट विश्वको कार्बन उत्सर्जन ४६ प्रतिशत भएको छ भने विद्युतीय क्षेत्रबाट ७२ प्रतिशत देखिएको छ । बिआरआईका परियोजनाहरूले पर्यावरणसम्बन्धी मापदण्ड पूरा नगरेको देखिएको छ । पर्यावरणसम्बन्धी दिशानिर्देशन चिनियाँ परियोजनाहरूले पालना गरेका छैनन् ।

वुडरो विल्सन सेन्टर नामको थिंकट्यांकअन्तर्गतको चाइना इन्भायरनमेन्ट फोरम (सिइएफ)का निर्देशक जेनिफर टर्नरले भनेका छन्, ‘चीनको विकास मोडलका नाममा उसले जे बेचिरहेको छ, त्यो ऊर्जा प्रभावी छ ।’

इन्डोनेसिया, इजिप्ट, बंगलादेश, भियतनाम, टर्कीलगायत यस्ता मुलुक हुन् जहाँ बिआरआईअन्तर्गत कोइलामा आधारित ऊर्जा उत्पादन संयन्त्रको योजना बनिरहेको छ । बंगलादेशमा बिआरआईअन्तर्गतको एसएस पावर वन प्लान्टले स्थानीय जैविक विविधता प्रभावित गरिरहेको मात्र छैन स्थानीय जीविकोपार्जन पनि प्रभावित बनाइरहेको छ ।

‘बढेको कोइला उत्सर्जनका माध्यमबाट जलवायु परिवर्तनको नकारात्मक प्रभाव पनि बढाइरहेको छ । दक्षिण–पूर्वी एसियालाई पनि प्रभावित तुल्याएको छ । त्यहाँ जैविक विविधिता तथा लोपोन्मुख प्रजाति थप संकटमा परेका छन्,’ सिइएफले हालै सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ ।

चिनियाँ बैंकहरूले चीनबाहिरका ६० वटा कोइलामा आधारित प्लान्टहरूमा लगानी गरेका छन् । सबैले करिब दुई सय ७६ मेमागट कार्बनडाइअक्साइड प्रतिवर्ष उत्सर्जन गरिरहेका छन् । यो पूरै स्पेनले एक वर्ष कार्बन उत्सर्जन गरेबराबर परिमाण हो । चीनभित्र हरित लगानीमा जोड दिने, चीनबाहिर कोइला ऊर्जा निर्यात गर्ने गरेको आरोप लागेको छ ।

वातावरणविद् योसी कादान भन्छन्, ‘चीन उसको देशभित्र पेरिस वातावरण सम्झौताको मापदण्ड पूरा गर्दछ, तर देशबाहिर भने उसले वातावरण सम्झौताको प्रतिकूल हुने गरी कोइलामा आधारित परियोजनाहरूमा लगानी गरिरहेको छ । यसले विश्वव्यापी कार्बन उत्सर्जन घटाउने अभियानमा चुनौती थपेको छ ।’

Facebook Comments Box