कांग्रेस महाधिवेशन : महाधिवेशन प्रतिनिधिमा भिड्दै सुर्यप्रसाद अधिकारी ले बताए
लक्ष्मण बि सि,
२३ भदौ अर्घाखाँची
नेपाली कांग्रेसका नेता सुर्यप्रसाद अधिकारीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अधिकारीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेपालकै ठूलो नगरपालिका शितगंगा नगरपालिकाका प्रमुख समेत रहेका अधिकारी कांग्रेसको १३ औं महाधिवेशनबाट महासमिति सदस्यमा विजयी भएका थिए। विद्यार्थीदेखि नै राजनीतिमा सक्रिय अधिकारीले कांग्रेसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिन्छन् ।
Facebook Comments Box
