एमसीसीबारे छलफल गर्नका लागि कांग्रेस संसदीय दलको बैठक बस्दै आज

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
२२ भदौ अर्घाखाँची
काठमाडौंः एमसीसीबारे छलफल गर्नका लागि कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ। विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको रणनीति बनाउन नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको छ
बैठकमा एमसीसी अनुमोदनबारे अहिलेसम्म संसदीय दलबाट औपचारिक निर्णय नभएका कारण उक्त विषयमा पनि छलफल हुने बताइएको छ। दिउँसो २ बजे बस्ने बैठकमा संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने तयारी छ।

भोलिदेखि शुरू हुने संघीय संसदको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय लिन बैठक बोलाइएको हो। संसद्को यही अधिवेशनबाट सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नामक अमेरिकी आर्थिक सहयोग कार्यक्रम अनुमोदन गराउने तयारी गरेको छ।

Facebook Comments Box