प्रभाबसाली बचत समुह बन्यो बाढपिडितको सहारा

सेयर गर्नुहोस

नन्दु यादव भाद्र १९पश्चिम नवलपरासी

केही दिन अगाडि मात्र अाएकाे बाढिले अामनागरिकहरुकाे जिवन तहसनहस बनाएकाे छ ।बाढिले हजाराै घरपरिवार घरबिहिन भएका छन भने कतिपय घरपरिवारलाई दुईछाक टार्न समेत समस्या रहेकाे छ ।बाढिपिडित तथा अतिबिपन्न परिवारलाई मध्य नजर गर्दै प्रभावशाली बचत समूहले अाज राहत सहयाेग गरेकाे छ ।समुहले प्रतापपुर गाउँपालिका वडा न २काे कालीटोला र वडा न ४काे बर्दघाटेमा बाढीपिडित लाई ४२हजार बराबरकाे राहत वितरण गरेको हाे। कालीटोलामा १७ घरदुरी र बर्दघाटेमा १५ घरदुरी लाई राहत बितरण गरिएकाे प्रभावशाली बचत समुहका सयाेजक दिनेश यादव ले बताउनु भयाे । चामल नुन तेल प्याज मसाला खुर्सानी लगायतकाे सामान सहयाेग गरेकाे यादवले बताउनु भयाे ।राहत सामान ग्रहण गर्दै बाढिपिडितले प्रभावशाली समूह हामी पिडितकाे सहारा बनेकाे बताएका थिए । समुहले नेपालमा काेराेनाकाे समयमा पनि स्वास्थ्य सामाग्री सहयाेग गरेकाे र अाउने दिनमा पनि सहयाेग गर्न प्रतिबद्ध रहेकाे समुहका सदस्य राजुप्रसाद यादव बताउनु भयाे । वहा लुम्बिनी प्रदेश न्युज को सन्चालक समेत हूनुहुन्छ।प्रभावशाली समुहका सदस्य हरु जापान ,मलेसिया ,साउदि कतार ,नेपाल लगायतकाे देशमा राेजगारीकाे शिलशिलामा हुनुहुन्छ।

Facebook Comments Box