प्रचण्ड नितिले उपेक्षित समुदायको समस्या समाधान नहुने : उपेन्द्र यादव

सेयर गर्नुहोस

15541498_279915015744390_7510538706162317761_nदिलिप कुमार यादव कपिलवस्तु ।

पुष्पकमल दहाल ( प्रचण्ड )को रबैया तथा संविधान संसोधनको प्रस्तावले मधेशी, मुस्लिम, थारु अदिवासी जनजातीहरुको अधिकार नदिने संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन । पकडीमा अयोजित कार्यक्रममा बोल्दै प्रचण्ड सरकारले ल्याएको संविधान संसोधानको प्रस्ताव पुर्ण नारहेको यादवले बताए । थारु , मुस्लिम, मधेशी अदिवासी जनजातीहरुको हक अधिकारलाई यो संसोधन प्रस्तावले पनि पुर्णता नपाएको उनले भने । संविधान संसोधनको प्रस्ताव मोर्चा तथा गठबन्धनले स्विकार्य नागरेको यादवले बताएका छन ।  जनतालाई घेरमा राखी गोलीको भरमा दमानपुर्ण तरिकाले ल्याएको संविधान कहिलै लोकतान्त्रिक हुदैन । यो संविधानलाई विभिन्न देशले अपुरो संविधान भनेर अभिव्याक्ति दिदै संसोधन गर्नु पर्ने धारण राखि सकेको उनले भने । हामी सम्पुर्ण सिमान्तकृत सामुदायको हक अधिकारको लागी संघर्ष गरिरहने यादवले बताएका छन ।

कार्यक्रममा बोल्दै संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य सहासराम यादवले एउटा समुदाय विरुद्ध अर्कोलाई लडाएर सामाजिक सद्भाव विथोल्ने र परिवर्तन विरुद्ध उभिएको एमालेको गतिविधि अत्यन्तै आपत्तिजनक र विखण्डनकारी छ । एमालेकै गैरजिम्मेबार गतिविधि र अभिव्यक्तिले गर्दा मुलुकमा विखण्डनको बीजारोपण भएको यादवको आरोप छ । उनले भने, एमालेको प्रतिगामी आन्दोलन मधेसी र आदिवासी जनजातिविरुद्ध षड्यन्त्र मात्र होइन, संघीयता, गणतन्त्र, धर्म्निरपेक्षता र समावेशी लोकतन्त्रलाई धरापमा पार्ने कार्य गरेको छ । मुस्लिमहरुलाई पढनाको् लागी मदरसालाई नेपाल सरकारले दर्ताको व्यावस्था गर्न नासक्नु एउटा प्रत्यक्ष प्रमाण रहेको उनले भने ।

त्यास्तै कार्यक्रममा बोल्दै अर्का केन्द्रिय सदस्य ईसरार अहमद खााले संविधान संशोधन नभए कुनै पनि चुनाव हुन नदिने चेतावनी दिए । संविधान संशोधन नभएसम्म मुलुकमा कुनै पनि निर्वाचन हुन सक्दैन खाा भने, ‘मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएको माग अनुसार संशोधन नगरी त्यसलाई थाती राखेर कसैले पनि निर्वाचनको दिवास्वप्न नदेखे हुन्छ । साथै उनले सरकारले प्रस्ताव गरेको संविधान संशोधन विधेयकले उत्पीडित समुदायको मुद्दाहरुलाई सम्बोधन नगर्ने बताए ।

कपिलवस्तुको पकडीमा संघिय समाजवादी फोरम नेपाल क्षेत्र नं. २ले  रखेको आम सभा तथा बृहत पार्टी प्रब्श कार्यक्रममा नेकापा एमाले, माओबादी, कंग्रेस तथा विभिन्न पार्टी परित्याग गरि हजारौाको संख्यामा फोरम नेपालमा प्रबेश गरेका छन । सरफुद्धिन खान, अहमाद हजिफ मुसालमान, सकिल अहमाद मुसालमान लगायतका प्रभावसाली नेता तथा कार्यक्रर्ता फोरम नेपालमा प्रबेश गरेका छन । नव प्रबेशी नेता तथा कार्यक्रर्ताहरुलाई अध्यक्ष उप्न्द्र यादवले टिका लगाई सदस्याता प्रदान गर्नु भएको थियो । अध्यक्ष उपेन्द्र यादवले नव प्रबेशी सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई उपेक्षित सामुदायको हक अधिकारको लडाई लडनाको लागी तयार रहाना अग्रहा गर्नु भयो ।

संघिय सामाजवादी फोरम नेपाल कपिलवस्तुक्षेत्र नं. २का क्षेत्रिय अध्यक्ष ब्रम्हानन्द तिवारीको अध्यक्षता, फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथ्यातामा भएको कार्यक्रममा केन्द्रिय सदस्य सरसराम यादव, ईसरार अहमद खाा, अब्दुल रसिद खाा, जिल्ला अध्यक्ष शतिसचन्द्र गुप्ता लगायतको २ हजार बढीको उपास्थिति रहेको थियो । कार्यक्रमको संचालन जिल्ला सचिव शैलेन्द्र यादवले गरेका थिए ।

Facebook Comments Box