जसपा वडा कमिटीद्वारा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न ।

सेयर गर्नुहोस

कपिलवस्तु ।
बुद्धभमी नगरपालिका वार्ड नं. १० को जनता समाजबादी पार्टी नेपालले लुम्बिनी प्रदेशका भौतीक योजना तथा पुर्बाधार बिकास मन्त्री शहस राम यादव र बिना बिभागिय मन्त्री सुमन शर्मा रायमाझी लगायत , प्रदेश योजना आयोगका सदस्य शिवपुजन यादव , मायादेबी गाउँ पालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी लगायतका नेताहरुको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
जनता समाजबादी पार्टी नेपालको वाडा कमिटीले चेतरदेईमा गरेको कार्यक्रम सहाबुद्धिन मुसलमानको अध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथीमा जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य , लुम्बिनी प्रदेश संसदिय दलका नेता एवं लुम्बिनी प्रदेशको भौतिक योजना तथा पुर्बाधार मन्त्री सहस राम यादवको प्रम’ख अतिथ्यता रहेको थियो । त्यसै गरी मन्त्री सुमन शर्मा रायमाझी , जसपका केन्द्रिय सदस्य नरायन खनाल, योजन अयोगका सदस्य शिवपुजन यदव , प्रदेश उपाध्यक्ष डाक्टर अब्दुल रसिद खाँ लगायतको बिष्ठि अतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला स्तरिय नेता कार्यक्रर्ता र सुभचिन्तक गरी करिब एक हजार जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्देै नेताहरुले जनता समाजबादी पार्टी नेपालले गठबन्धनको सरकार पाएको छ । गठबन्धनको सरकार भएको नाताले सम्बन्ध , सहमती र सहकार्यको अधारमा अगाडी बडने र प्रदेशको समग्र बिकासमा जोड दिने बताएका थिए । समाजबादको मुल्य मान्यता लाई लिएर पार्टी अगाडी बढीरहेको कुरा मन्त्री यादवले बातएका थिए । उहाँले कपिलवस्तुको बिकासको लागि आफ्न मन्त्रालय मार्फत उत्तर दख्खिन मार्ग र पालिका को केन्द्र जोड्ने मार्ग लगायत नदी कटान तथा डुबानको समस्यालाई समाधान गर्ने योजनाहरु अग्रस्थानमा रहने बताउनु भएको थियो ।
साथै नागरिक बाट उठेका कृषिमा आधुनिकी करणको बिषयलाई लिएर आफुले कृषि मन्त्रालय संग सहकार्य गरि तरकारीको लागी कपिलवस्तुको धनकौली , निग्लिहवा र मुरउवन डिहवा लगायतको क्षेत्र लाई प्राथमिक्तामा राख्ने बताउनु भएको छ ।

Facebook Comments Box