सनिउल्ला धोबी,२ पुस, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा रहेको वडा प्रहरी कार्यालयको सवारी साधन बिग्रदा प्रहरीलाई गस्ती गर्न निकै समस्या परेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाले २०६४ सालमा खरीद गरेको ना १ झ ६०१ नम्बरको गाडी बिग्रेको चार बर्ष भयो ।
विगि्रएको गाडी मर्मत सम्भार गरी जसो तसो चलाएको छ प्रहरीले । गाडीको विषेशता अचम्मको छ । नधकेली कहिल्यै स्टार्ट हुन्न । कतै जानपर्दा चालक मात्रै भएर मात्रै हुन्न धकेल्ने जनशक्ति पनि चाहिन्छ ।
सवारी साधन विग्रीएपछि शान्ति सुरक्षा दिन कठिनाई भएको प्रहरी निरिक्षक झाविन्द्र भटराईले बताए । गाडी धकेलेर मात्रै स्टार्ट हुँने हुँदा घटनास्थलमा आउन जान समेत समस्या भएको भट्टराई बताउँछन् । ‘सुरक्षा निकायकै सवारी साधन विगि्रदा अरुको सुरक्षा कसरी गर्ने ?’ उनले प्रश्न गरे । तत्काल प्रहरी पुग्नुपर्ने ठाउँमा समेत गाडीकै समस्याले प्रहरी ढिलो पुगेको उनको भनाई छ ।
पुरानो इन्जीन भएकाले मर्मत सम्भर गर्दा समेत ठीक नभएपछि गृहमन्त्रलयमा जानकारी गराएको स्थानिय समाजसेवी हरिप्रसाद पोखरेलले जानकारी दिए । गाडीको समस्याले प्रहरीलाई उद्धार तथा सुरक्षा दिन कठिनाई भइरहेको भन्दै विभिन्न निकायसँग गाडी मागिएको पोखरेलले बताए ।
3