इमरान खानको शासनकालमा पाकिस्तानकाे ऋण बढ्याे

सेयर गर्नुहोस
फाइल तस्बिर

इस्लामाबाद ।पाकिस्तानका प्रधानमन्त्री इमरान खानको शासनकालमा पाकिस्तानको आर्थिक ऋण बढेर २३८ खर्ब पुगेको छ । इमरान खानको तीन वर्षे शासनकालमा पाकिस्तानको ऋण बढेर २३८ खर्ब पुगेको शुक्रबार सार्वजनिक एक सरकारी प्रतिवेदनले देखाएको छ ।

सेन्ट्रल बैंक अफ पाकिस्तानद्वारा सार्वजनिक सरकारको वार्षिक प्रतिवेदन अनुसार पाकिस्तानको कुल ऋण ६३८ खर्ब रहेको छ भने इमरान खानको शासन काल अर्थात् तीन वर्षको अन्तरालमा २३८ खर्ब पुगेको छ ।

पाकिस्तानका स्थानीय मिडियाका अनुसार पाकिस्तान पिपुल्स पार्टी र १० वर्षे पाकिस्तान मुस्लिम लिग नवाज सरिफको पालामा पाकिस्तानको ऋण ८० प्रतिशतले बढेको थियो। पाकिस्तानमा सार्वजनिक ऋण पनि ८ प्रतिशतले बढिरहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोभिड महामारीको समयमा पाकिस्तानको ऋण झनै बढेको हुनसक्ने न्युज इन्टरनेसनलले जनाएको छ । एजेन्सी

Facebook Comments Box