आरक्षण कोटा काटिएको भन्दै मुस्लिम संघद्वारा धर्ना

सेयर गर्नुहोस

स्याङ्जा । आरक्षण कोटा हटाएको भन्दै नेपाल मुस्लिम संघ स्याङ्जाले नेपाली कांग्रेस पार्टी कार्यालयमा बिहीबार दिनभर धर्ना दिएका छन्। आसन्न १४ औं अधिवेसनको अघिल्लो दिन पार्टीका विधानको गलत व्याख्या गर्दै असमावेशी निर्वाचन निर्देशिका तयार पारेकोमा संघले आपत्ति जनाइ निर्देशिका सच्चाउन माग गर्दै धर्ना दिएका हुन्।

निर्देशिकाले मुस्लिम समुदायसँग पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गर्ने देखिएको गण्डकी प्रदेश मुस्लिम संघका सभापति हाजी शाह मोहम्मदले जानकारी दिए। उनले भने, ‘गण्डकी प्रदेशका अन्य ८ जिल्लामा पनि धर्ना कार्यक्रम जारी छ। आशा छ नेतृत्व वर्गले हाम्रा माग सुन्ने छ र सच्याउनेछ।’

स्याङ्जा मुस्लिम संघ, कांग्रेस समर्थित मुस्लिम समुदायको संयुक्त धर्नासँगै केन्द्रीय संगठन विभाग प्रमुख एवम् केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र स्याङ्जा कार्यवाहक सभापति कुमार रानालाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल आफूहरुका आरक्षित कोटा निर्धारण गर्न केन्द्रसँग समन्वय गरी दिन अनुरोध गरे।

‘नेपाली कांग्रेसको आसन्न १४ औं अधिवेशनको मुखमा विधान र नियमावलीले गरेको व्यवस्था विपरित मु्स्लिम समुदायका नेता तथा कार्यकर्तालाई आठौं तहमध्ये महाधिवेसनबाट नै प्रवेशमा रोक लाग्ने गरी गरिएको गैर जिम्मेवारपूर्ण निर्णय सच्याउन माग गर्दछौं’, स्याङ्जा मुस्लिम संघको विज्ञप्तिमा उल्लेख छ। अन्नपूर्णापाेष्ट

Facebook Comments Box