करिश्माले भारतीय न: १ कम्पनी भित्र्याई व्यवसायिक यात्रा शुरु गरिन

सेयर गर्नुहोस


काठमाडौं । चर्चित अभिनेत्री करिश्मा मानन्धर व्यवसायिक क्षेत्रमा इन्ट्री गरेकी छिन् । करिश्माले इन्टेक्स ब्रान्डका इलेक्ट्रोनिक्स सामान नेपाली बजारमा भित्र्याएर व्यवसायिक यात्रा तय गरेकी हुन् ।

करिश्माले रिसिक ट्रेडिङ कन्सर्नमार्फत अन्तर्राष्ट्रिय बजारमा ख्याती कमाइसकेको इन्टेक्सका उत्पादन नेपाल भित्र्याएकी हुन् ।
कन्सर्न र इन्टेक्सबीच आज भएको सम्झौताबाट कन्सर्न आजदेखि नेपालका लागि इन्टेक्सको आधिकारिक बिक्रेता बनेको छ । कम्पनीले हरेक परिवारका लागि आवश्यक पर्ने इलेक्ट्रोनिक्स सामानहरु उत्पादन गर्दै आएको बताएको छ ।

अभिनेत्री मानन्धर कन्सर्नकी म्यानेजिड डाइरेक्टर समेत रहेकी छिन् । उनले घरायसी रुपमा प्रयोग हुने इलेक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अवदेखि यो ब्रान्डलाई नै रोज्ने विश्वास व्यक्त गरिन् ।

२५ बर्ष अघिबाट यस ब्रान्डका सामानहरु विश्व बजारमा आएपनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलो पटक नेपाल भित्रिएको हो । ८ बर्ष अघि यस कम्पनीले उत्पादन गरेको मोबाइल नेपाल भित्रिएको र सन २०१५ मा नेपाल र भारतमा नम्वर एक ब्रान्डको रुपमा स्थापित भएको थियो

Facebook Comments Box