भक्तपुर – कक्षा ११ को नियमित तर्फको नतिजा आज सार्वजनिक भएको छ ।गत जेठमा सञ्चालित परीक्षाको नतिजा आज सार्वजनिक गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा ५१ दशमलब ७१ प्रतिशत अर्थात् १ लाख ३७ हजार ६ सय ५ परीक्षार्थी उत्र्तीण भएका छन् । सो नतिजा गत सालको भन्दा २ दशमलब ५१ प्रतिशतले बढी हो । उक्त परीक्षाको नतिजा एडुखबरबाट थाहा पाउन सक्नु हुनेछ ।
बोर्डका अनुसार यो वर्षको परीक्षामा २ लाख ६६ हजार १ सय ३ परीक्षार्थी सहभागी थिए । गत वर्ष भने २ लाख ४३ हजार ७ सय ३१ परीक्षार्थी सम्मिलित भएकामध्ये १ लाख १९ हजार ९ सय १६ जना उत्तीर्ण भएका थिए ।
कक्षा ११ को परीक्षामा आँशिकसहित ३ लाख ६९ हजार ४ सय २६ परीक्षार्थी सहभागी थिए । आँँशिकको नतिजा अघिल्लो मंगलबार सार्वजनिक भएको थियो । गत बर्ष सम्म नियमित र आँशिकको नतिजा एकैपटक प्रकाशित गर्ने गरिन्थ्यो ।
बोर्डका अनुसार ३३ जनाको परीक्षा रद्द गरिएको छ । परीक्षाफलबारे चित्त नबुझेमा १५ दिनभित्र लब्धांकपत्रको प्रतिलिपिसहित बोर्डमा निवेदन दिन सक्नेछ ।
एकै पटक नतिजा प्रकाशित गर्दा कक्षा १२ पास भएर पनि विद्यार्थीले अर्को तह पढ्न नपाउने हुँदा एक बर्ष खेर जान्थ्यो । विद्यार्थीको समय बचाउन यस बर्ष देखि आंशिक र नियमितको नतिजा छुट्टा छुट्टै प्रकाशित गर्न शुरु गरेको बोर्डले जनाएको छ ।
3