१ बैशाख २०८१, शनिबार

उपेन्द्र र महन्थ कपिलवस्तु आउदै ।।

gggg
सनिउल्ला धोबी, कपिलवस्तु मंसीर २९
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेश लोकतन्त्रीक पाटीका अध्यक्ष महन्थ ठाकुर कपिलवस्तु आउने भएका छन । पौष १ गते उपेन्द्र यादव र पौष ५ गाते महन्थ ठाकुर कपिलवस्तु आउने छन । केन्द्रिय अध्यक्ष कपिलवस्तु आउने भएपछी अहिले संघीय समाजवादी फोरम नेपाल र तराई मधेश लोकतन्त्रीक पाटीका कार्यकर्ताहरुले स्वागतका लागि तयारीमा जुटेका छन ।
पौष १ गते कपिलवस्तुको पकडीमा हुने संघीय समाजवादी फोरम नेपालको बृहत पार्टी प्रवेश कार्यक्रमको राष्टिय अध्यक्ष उपेन्द्र यादव आउने बताइएको छ । त्यसै पौष ५ गते कपिलवस्तुको शिशवा गाविस सलिमनगरमा तराई मधेश लोकतन्त्रीक पाटीको जनजागरण अभियानलाई सम्बोदन गर्न अध्यक्ष महन्थ ठाकुर आउने बताइएको छ । केन्द्रीय स्तरका नेता कपिलवस्तुमा आउने खबरले संघीय समाजवादी फोरम नेपाल र तराई मधेशी लोकतन्त्रीक पाटीका नेता तथा कार्यकर्ता खुसी भएका छन ।
पौष १ गते हुने पार्टी प्रवेश कार्यक्रममा सैयौँको संख्यामा अन्य पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरु संघीय समाजवादी फोरममा प्रवेश गर्ने फोरम कपिलवस्तुका अध्यक्ष सतिश चन्द्र गुप्ताले जानकारी दिनु भयो । त्यस्तै कपिलवस्तुको शिशवा गाविस सलिमनगरमा तराई मधेशी लोकतन्त्रीक पाटीको जनजागरण अभियानलाई सम्बोदन गर्न महन्थ ठाकुर आउने कार्यक्रममा विभिन्न तयारी समित गठन गरी परिचालन गरिसकेको पुर्व मन्त्री तथा तमलोपका केन्द्रीय सदस्य इश्वर दयाल मिश्राले जानकारी दिनु भयो ।

धेरै कमेन्ट गरिएका