८ असार २०८१, शुक्रबार

कपिलवस्तुको घटनाको अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

Bimalendra Nidhi (3)२७ मंसिर, काठमाडौँ,।

कपिलवस्तु विद्यानगर गाविस बसबरिया गाउँका अमरदीप यादवका घरमा सोमबार पाँच/छ जना मुस्लिम युवा आई विवाद गर्दा घाइते भएकामध्ये करिब ५५ वर्षीय मुन्नालाल यादवको मृत्यु भएको छ ।

यादवका पक्षका छ/सात जना उक्त स्थानमा पुगेपछि विवाद चर्कन गई झडप हुँदा छ जना घाइते भएकामा टाउकामा चोट लागी गम्भीर घाइते भएका मुन्नालाको उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा लगिएकामा अपराह्न मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुको आजको घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको र अन्य फरारको खोजी भइरहेको  मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले कपिलवस्तुको  घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन निर्देशन दिएका छन् ।

 घटनाको सफल अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाएर सोको विवरण सार्वजनिक गर्न स्थानीय अधिकारीलाई आवश्यक निर्देशन गरिएको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट