एमालेलाई हराउन फलामको चिउरा चपाउनु सरह

कपिलवस्तु भदौ १२
युवा संघका राष्ट्रीय उपाध्यक्ष सुमन पुरीले आगामी निर्वाचनमा एमालेलाई सफलता हुने गरी काम गर्न निर्देशन दिनु भएको छ । गोरुसिंगे संगम प्यालेस होटेलमा युवा संघको नगर स्तरीय भेलाको सम्वोदन गर्दै जति ठुलो गठबन्धन भए पनी एमालेलाई हराउन फलामको चिउरा चपाउन पर्ने बताउनु भयो । एमाले अझै बलियो भएर अगाडी गएको छ । हरेक कार्यक्रममा दैनिक रुपमा एमाले प्रति आकर्शण बढेकोले पार्टी प्रवेश गर्नेको लहर चलेको पुरीले बताउनु भयो । अहिले चिन्नि चोर सबै एक भएका छन् तर पनि एमाले कमजोर नभएको उहाँको भनाइ थियो
कार्यक्रममा सम्बोदन गर्दै एमाले प्रदेश सचिवलाय सदस्य तथा कार्यालय सचिव बलराम अधिकारीले एमाले प्रति सामाजिक मानिसको अफवाह फैलाउन फुटको हल्ला फिजाउने समाजिक संजालमा जथाभावी लेख्ने गरेको बताउनु भयो । अफवाह फैलाउनेको विरुद्धमा उत्रिन युवा संघ तयार भएको दावि गर्नु भयो । एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य झविलाल पोख्रेलले आगामी निर्वाचनमा कपिलवस्तुमा एक्लो एमालेको विजय हुने विश्वास दिलाउनु भयो ।
भेलालाई एमाले नेता चक्रपाणी अर्यालले स्वागत, गोविन्द प्रसाद आचार्य (विकास)को संचालन र युवा संघ कपिलवस्तुका संयोजक विजय कुँवर अध्यक्षतामा सम्पन्न भएको थियो । भेलाले संन्तोष पोख्रेल अध्यक्ष्तामा ४३ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीमा हरी पराजुली उपाध्यक्ष, देवेन्द्र खड्का सचिव, भुमा जीसी सहसचिव, प्रकाश घर्ती कोषाध्यक्षमा निर्विरोध चयन हुनु भएको छ ।
