बाढी प्रभावित विद्यालयमा सहयोग ।।
कपिलवस्तु, मंसिर २७ । यसै वर्ष आएको बाढीको चपेटामा परेका विद्यालयहरुमा कक्षा व्यवस्थापन र शौक्षिक सामाग्री सहयोग भएको छ । सेभ द चिल्ड्रेनको तथा सनसाईन सामाजिक विकास संस्थाको सहयोगमा कपिलवस्तु जिल्लाका बाढी पिडीत विद्यालयहरुमा सहयोग भएको हो ।
सनसाईन सामाजिक विकास संस्था स्पोन्सर कार्यक्रम संयोजक शिवलाल यादवका अनुसार अति प्रबाभित १६ विद्यालयका ५१ कक्षा कोठामा कार्पेट पि फार्म वितरण गरीएको छ । बाल विकास केन्द्र, कक्षा १,२ र ३ लाई विषेश प्राथमिकताका साथ व्यवस्थापन सहयोग गरेका छौं । बाढीले वगाएका सरस्वती नि.मा.वि. हरीहरपुर, सरस्वती निमावी महुवा, मदरसा वदलपुराको बाउन्ड्री बाल निमार्ण गरेको यादवले वताउनु भयो । बाल विकास केन्द्रमा शौक्षिक सामाग्री प्रदान गरेको संस्थाका शिक्षा अधिकृत कृष्ण बहादुर थापाले वताउनु भयो । विद्यालयहरुमा सामाग्री तथा व्यवस्थापनका सामाग्री सहयोग पछी हजारौ बालबालिका लाभान्भित भएको वताईएको छ । प्रभावित विद्यालयलाई सहयोगको लागी २२ लाख बढी रकम खर्च गरीएको थियो ।
असार १३ गते अचानक आएको बाढीले विद्यालयको कक्षा कोठा व्यवस्थापन, खेलकुदका सामाग्री, विद्यालयका अभिलेख, कम्पाउण्ड बाल शैक्षिक सामाग्री, कक्षा कोठा व्यवस्थापनमा अषर पुराएको थियो । केही विद्यालयको भवन निमार्णका सामाग्री समेत वगाएर लगेको थियो ।वाढीका कारण जिल्लाको वाणगंगा नगरपालिका, भृकटी नगरपालिलका, वरवमवापुर गाविस, महुवा गाविस महाराजगंग गाविस, लालपुर, धनकौली बरकुलपुर, हर्दौना लगायतका गाविस डुवानमा परेको थियो ।