अंकुश श्री ,कपिलवस्तु । संघीय प्रेस फोरम नेपाल कपिलवस्तु शाखा महासचिव विजय चाम्लिड्डको प्रमुख अतिथ्यतामा गठन गरिएको छ ।
सामाजवादी फोरम निकट पत्रकारहरुको तौलिहवामा सम्पन्न भेलाले रामसेवक यादवको अध्यक्षतामा ११ सदस्यीय नयां कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुसमा वि.क. सचिव निरहु यादव, कोषाध्यक्ष देवानन्द ठाकुर, सहसचिव सोन कुमारी थारु रहेका छन् ।
यसै गरी कार्यसमितिको सदस्यहरुमा राघवेन्द्र चौवे, दिलीप कुमार यादव, सोना खटिक ,अंकुश श्रीवास्तव र शिव प्रसाद यादव रहेका छन् । नव गठित कार्यसमितिका पदाधिकारीहरुलाईलाई प्रेस फोरमका केन्द्रिय महासचिव विजय चाम्लिड्डले पद तथा गोपनियताको सपथ खुवाएका थिए । कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्यहरु सहसराम यादव, अब्दुल रसिद खां, ईसरार खां, शिक्षक फोरमका अध्यक्ष देवराज पाण्डे, युवा नेता दिपक पाण्डेय लगायतले नव गठित कार्य समितिका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।सो अवसरमा नव गठित प्रेस फोरमका अध्यक्ष राम सेवक यादवले आफु तराई मधेशका आम नागरिकहरुको पक्षमा सदैव कलम चलाउने र कुनै पनि किसिमको उत्पीडन र अधिकार हनन्का सवाललमा संचार क्षेत्रबाट संघर्ष गरिरहने प्रतिवद्धता जनाएका छन् । समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष शतिष कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रम युवा नेता दिपक पाण्डेयले संचालन गरेका थिए ।
3