तामिल विद्रोही-पाकिस्तान सम्बन्ध : तामिलले भारतमा भित्र्याएको एक ४७ र बारुद बरामद पाकिस्तानबाट ल्याइएको खुलासा

एजेन्सी । राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले २५ मार्चमा केरलाको तटबाट श्रीलंकाको डुंगामा लयाउँदै गरेको अवस्थामा बरामद गरिएको एके ४७ राइफल र बारुद पाकिस्तानबाट ल्याइएको खुलासा भएको छ ।
करिब तीक करोड बराबरको हिरोइनसहित बरामद गरिएका हतियारको तस्करीमा पाकिस्तानी नागरिकसमेत संलग्न रहेको पाइएको हो । त्यस्तै गरी, चेन्नईका दुई बासिन्दाहरुको कथित रुपमा लिबरेशन टाइगर्स अफ तमिल इलमका सदस्यहरुमार्फत उक्त सामग्री भारत भित्र्याइएको हो ।
एनआईएले विगत १३ दिनमा ३० वर्षीय सुरेश राज उर्फ चिन्ना सुरेश र २१ वर्षीय सौन्दराजन उर्फ सुन्दरलाई सोधपुछ गर्दा यो विवरण प्राप्त गरेको हो । दुबै जनालाई पहिलो पटक तमिलनाडु क्यू शाखाले पक्राउ गरेको थियो । पछि, एनआईए अदालतको एक निर्देशनको पालन गरेर उनीहरुलाई कोच्चि ल्याइएको अनुसन्धान थालिएको बताइएको छ ।
दुबै जनाले पाकिस्तानमा एक संदिग्ध सहित विदेशी ह्यान्डलरहरुसंग उनीहरुको संदिग्ध भूमिका र उनीहरुको सम्बन्धको खुलासा गरेका छन् । पाकिस्तानी नागरिकले ठूलो मात्रामा हेरोइन, हतियार र गोला बारुद आपूर्ति गरेका थिए । एनआईएले माछा मार्ने जहाजहरुमा लागुऔषध र हतियार तस्करी गर्ने गिरोहको व्यक्ति र संचालनको पहिचान गरेको छ ।
लामो समयदेखि जम्मु काश्मीर नाका प्रयोग गर्दै आएको पाकिस्तान पछिललो समय जम्मु काश्मीरमा कडा भएपछि अर्को नाकाहरु प्रयोग गरिरहेको छ। मिडिया डबली
