१ बैशाख २०८१, शनिबार

दुर्घटना न्यूनिकरणका लागी कपिलवस्तुको ३ स्थानमा कन्भेक्स मिरर राखियो ।।

राजकुमार ठाकुर कपिलवस्तु ।
दुर्घटना न्यूनिकरणका लागी कपिलवस्तुको ३ स्थानमा कन्भेक्स मिरर राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न संघ संस्थाको सहयोगमा मिरर राखेको हो । शिवराज नगर पालिकाको चोर खोला, सुराई खोला र खैरेनीपुर को मोडमा मिरर राखिएको छ । ति मोड दुर्घटनाको दृष्टीकोणबाट अत्यन्त जोखिमपुर्ण स्थान रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राज कुमार रावलले बताउनु भयो । कन्भेक्स मिरर घुम्तीहरुमा राखिने ऐना हो जस बाट घुम्तीमा विपरीत दिशाबाट आएको सवारी साधन देखिन्छ । करिव २० हजार मुल्य पर्ने मिरर अझै ७ स्थानमा राख्न सके कपिलवस्तुको दुर्घटना कमी आउन सक्ने बताईएको छ । बाणगंगा यातायात व्यवसायी समिती, नेपाल किसान ट्याक्टर समिती र कृष्णनगर जिप व्यवसायी समितीको सहयोगमा कन्भेक्स मिरर राखिएको ट्राफिक प्रहरी हवल्दार जित वहादुर वि.सी.ले बताउनु भयो ।

धेरै कमेन्ट गरिएका