२३ कार्तिक २०८१, शुक्रबार

नागरिक प्रहरी अन्तरक्रिया कपिलवस्तुमा सम्पन्न

unnamed-1खग प्रसाद चापागाई
कपिलवस्तु, २४ मंसिर ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिवशिय अभियानका अवसरमा कपिलवस्तुको हर्दौना गाबिसमा नागरिक प्रहरी अन्तरक्रिया सम्पन्न गरिएको छ ।

   साथी संस्था आस्था परियोजना तथा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त आयोजना तथा मानब अधिकार सञ्चार प्रतिष्ठान (ईह्रिकन) कपिलवस्तुको समन्वयमा अन्तरक्रिया आयोजना गरिएको हो । सो अवसरमा गाबिसस्तरका सहभागीले गाबिसमा हुने गरेको लैगिंक हिंसाका घटना बारे जानकारी दिएका थिए । सो अवसरमा महिलालाई कुटपिट गरिएको, अंशबाट बंचित गरिएको र दबावमा बहुबिवाह गर्न थालिएको लगायतका घटना उजागर गरिएका थिए । त्यसै गरि राजनैतिकदलको दवाबका कारण अधिकांस लैङ्गिक हिंसाका घटना दबावमा मिलाउने गरिएको सहभागी बिजय प्रताप गुप्ताले बताए । कार्यक्रममा बोल्दै हर्दौना उपस्वास्थ्य चौकीका निमित्त ईन्चार्ज शुरेस मण्डलले स्वास्थ्य केन्द्रमा अधिकांस लैङ्गिक हिंसाका घटना आउने गरे पनि डर र धम्कीका कारण उजागर नभएको बताए । लैङ्गिक हिंसा नियन्त्रण समितीकी गाबिस सहसंयोजक मिरा कोरीले गाबिसमा लैङ्गिक हिंसाका घटना भए पनि अझै पुर्ण रुपमा खुल्न नसकेको बताईन । कार्यक्रममा ईह्रिकनका जिल्ला संयोजक जियाउल हकले आफुहरुले हिंसा प्रभावितका लागी निशुल्क कानुनी सहयोग उपलब्ध गराउदै आएको जानकारी गराएका थिए । कार्यक्रममा जिल्लाको लैङ्गिक हिंसा र घरेलु हिंसाको तथ्याङ्क प्रस्तुत गर्दै कुने पनि अपराधको घटनाको जानकारी प्रहरीलाई गराउन प्रहरी नायब उपरिक्षक प्रहलाद अधिकारीले आग्रह गरे । उनले प्रहरीले राजनैतिक दबाव आउनले गरे पनि त्यस्ता कार्यलाई प्रवाह नगरि घटनाको वास्तबिकता बुझेर अनुसन्धान अगाडी बढाउने गरेको प्रष्ट पारे । नागरिक र प्रहरी बिच हातेमालो गरेर समाजलाई अपराध मुक्त बनाउन अगाडी बढनु पर्नेमा अधिकारीले जोड दिए । आस्था परियोजना अनुगमन समितीका सदस्य तथा गैसस महासंघका जिल्ला अध्यक्ष प्रबिण कुमार श्रीवास्तबले प्रहरीले मुस्कान सहितको सेवा र प्रहरी मेरो साथी लगायतको कार्यक्रम सञ्चालन गरेको अहिले परिपेक्षमा कुनै पनि घटना हुदाा प्रहरीलाई जानकारी दिन आवश्यक रहेकोमा उनले जोड दिए । प्रबिण कुमार श्रीवास्तबको अध्यक्षता, समाजिक परिचालक राजेश कुमार मिश्रको स्वागत र परियोजना संयोजक खग प्रसाद चापागाईको सञ्चालनमा सम्पन्न कार्यक्रममा ईह्रिकनका अधिबक्ता टुक बहादुर थापाले लैङ्गिक हिंसा सम्बन्धित कानुनहरु बारे जानकारी दिएका थिए ।

धेरै कमेन्ट गरिएका