प्रदेश २ लाई ‘मुस्लिम स्टेट’ बनाउन खाेजेकाे मुख्यमन्त्री राउतमाथि आराेप, मदरसा शिक्षा विधेयक विरुद्ध विराेध शुरु

सेयर गर्नुहोस


विरगंज । प्रदेश नम्बर २ मा माई शासनदेखि मुस्लिम स्टेट बनाउने सम्मका प्रयास भइरहेकाे आराेप लागिरहंदा मदरसा शिक्षा विधेयक विरुद्ध पनि विवाद शुरु भएकाे छ ।

उपेन्द्र यादवको पकडमा रहेको सरकारमा मुस्लिम र यादव (माई शासन) छ । सरकारमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी मुख्यमन्त्री छन् भने यादवहरु मन्त्रीमा बाहुल्यता छ ।
माई शासनको चर्चा भइरहेका बेला प्रदेश २ मा अर्को प्रयास भएको छ । मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई मुस्लिम स्टेट बनाउन खोजेको देखिएको छ ।

अझ यसलाई प्रदेशका केही संगठनले त तालिवानी स्टेट बनाउन खोजेको भन्दै विरोध सुरु गरेका छन् । राष्ट्रिय एकता अभियानले मुख्यमन्त्री मोहम्मद लालबाबु राउतविरुद्ध यसै विषयलाई लिएर प्रदर्शन थालेको हो ।

पछिल्लो प्रदर्शन सिरहाको लहानमा भएको छ । अभियानका वरिष्ठ नेता काशीन्द्र यादव नेतृत्वको टोलीले मदरसा शिक्षा विधेयक फिर्ताको मागसहित मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन गरेको हो ।

लहान बजारबाट नयाँ घण्टाघर हुँदै निकालिएको र्यालीमा अभियानका कार्यकर्ताहरुले ‘मदरसा शिक्षा विधेयक फिर्ता गर’, ‘प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे’, ‘सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद’ र ‘संघीय हिन्दू गणतन्त्र जिन्दावाद’ भन्दै मुख्यमन्त्री राउतविरुद्ध नाराबाजी गरेका थिए ।

विरोध कार्यक्रममा अभियानकी उपाध्यक्ष सुनीता साहले तत्काल राजीनामा दिनुपर्ने बताइन् । उनले भनिन्, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका छन् ।’

त्यस्तै अभियानका सिरहा जिल्ला संयोजक हेमन्त सिंहले प्रदेश २ का मुख्यमन्त्री राउतले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाए ।

विरोध कार्यक्रममा अभियानका अभियन्ता नविन गुप्ता, मनोज पासवान,अबिनाश गुप्ता र मनोज मेस्तर लगायतको उपस्थित रहेको थियो।

Facebook Comments Box