लुम्बिनी प्रदेशका मुख्यमन्त्री सहित यी मन्त्रीले लिए शपथ

बुटवल /श्रावण २८ ।
आज नवगठित लुम्बिनी प्रदेश सरकार सात सदस्यीय बनेको छ । मुख्यमन्त्री कुलप्रसाद केसी र ६ मन्त्रीले शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् ।
कांग्रेसका डिल्ली चौधरी ग्रामीण तथा सहरी विकासमन्त्री, माओवादीका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजनामन्त्री र जसपाका सहसराम यादव भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।
जसपाकै पुर्मती ढेगा र सुमन शर्मा रायमाझी तथा स्वतन्त्र समूहका अजय शाही पनि मन्त्री बनेका छन् । उनीहरू विनाविभागीय मन्त्री बनेका हुन् ।
Facebook Comments Box
