नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं :५ द्वारा राज्यमन्त्री आचार्यलाई अभिनन्दन ।।

सेयर गर्नुहोस

15337592_1130504020403584_798837337618959037_nकृष्णनगर,कपिलवस्तु । भर्खरै नियुक्त सिंचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यलाई नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं। ५ले सम्मान तथा अभिनन्दन गरेको छ ।

कपिलवस्तुको कृष्णनगरमा एक कार्यक्रमको आयोजना गरी नवनियुक्त सिंचाई राज्यमन्त्री आचार्यलाई स्वागत गर्दै अभिनन्दन गरेको हो । कपिलवस्तु क्षेत्र नं : ४ का सांसद समेत रहेका राज्यमन्त्री आचार्यलाई २० किलोको फूलको माला लगाई स्वागत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि रहेका आचार्यले जिल्लामा सिंचाईलाई सहज बनाउन प्राविधिक सहितको टोलीले अनुगमन निरीक्षण गरेकाले समस्या पहिचान गरी छिटै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय मदरसा संघले धार्मिक सद्भाव, सहिष्णुता कायम गर्न र कार्यसफलताको कामना गर्दै राज्यमन्त्री आचार्यलाई इस्लामिक धार्मिक ग्रन्थ कुरान प्रदान गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्यहरु, नेविसंघ, तरुण दल, चन्द्रौटा तथा कृष्णनगर उद्योग वाणिज्य संघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box