२६ भाद्र २०८१, बुधबार

सिाचाई व्यवस्थापनमा गृहजिल्लालाई पहिलो प्राथमिकता: राज्यमन्त्री आचार्य

mantri-surendra-acharya1सीताराम चौधरी,

चन्द्रौटा। नेपाल सरकारको सिाचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यले कपिलवस्तु जिल्लाको खेतीयोग्य भूमिका लागि सिाचाईको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभएको छ ।

व्यापार संघ कपिलवस्तुले चन्द्रौटामा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सिाचाई राज्यमन्त्री आचार्यले यस्तो बताउनुभएको हो । कपिलवस्तु कृषिमा आत्मनिर्भर जिल्ला भएपनि सिाचाईको प्रमुख समस्या रहेको महसुस गर्दै आफ्नो पहिलो प्राथमिकता सिंचाईको व्यवस्थापन गर्नु रहेको मन्त्री आचार्यले उद्घोष गर्नुभयो ।

सिंचाई राज्यमन्त्री नियुक्तपछि पहिलोपटक गृहजिल्ला आएका आचार्यले कपिलवस्तुबासीमा निकै निर्कै उत्साह बढेका अनुभूति भएको सुनाउनुभयो । जिल्लाबासीको आशाभरोसालाई सम्मान गर्दै जिल्लामा विभिन्न माध्यमबाट सिाचाईका लागि पहल गर्ने उहााले प्रतिबद्धता जाहेर गर्नुभयो । जिल्लामा रहेका तालतलैयाका साथै स्यालो ट्यूबवेल, डिप बोरिङ लगायतको माध्यमबाट सिचाईंको व्यवस्था मिलाउने आचार्यले आश्वासन दिनुभयो ।

आफुलाई यसै जिल्लाका जनताले चुनेर सरकारमा पठाएकाले जनताको लागि केही गर्नुपर्ने समेत उहााले धारणा राख्नुभयो । जिल्लाका विभिन्न ठाउामा प्रविधिक सहितको टोलीले अनुगमन गरिसकेकाले कुन ठाउामा सिचाई व्यवस्था गर्ने भन्ने मन्त्रालयमा गइसकेको उहााले जनाउनुभयो । सिाचाईका लागि अव्यवस्थित वोरिङलाई व्यवस्थित बनाई संचालनमा ल्याउने र जिल्लाको सिाचाई विकासको लागि केही थप रकम समेत व्यवस्था गर्ने राज्यमन्त्री आचार्यले बताउनुभयो । राप्ती नदीबाट सुरुङको माध्यमबाट कपिलवस्तुमा सिाचाईको व्यवस्थाका लागि अध्ययन गर्ने कार्य सुरु भइरहेको मन्त्री आचार्यले जानकारी गराउनुभयो ।

यसैबीच कार्यक्रमको अवसरमा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले जिल्लाको कृषकले सिचाईको सुविधा नहुादा भोग्नुपरेको समस्यालाई उजागार गर्दै विभिन्न विकल्पसहितको सिाचाई व्यवस्थापन गर्न राज्यमन्त्री आचार्यलाई ध्यानाकर्षण गराउादै ज्ञापनपत्र बुझाउनुभयो । शिवराज नगरपालिका ६, चन्द्रौटामा भूमिगत सिाचाई परियोजना भवनलाई आवश्यक पर्ने जग्गाको सबै संरचना भइ दरबन्दी कायम हुादा पनि यसको कार्य सञ्चालन बाहिरैबाट हुने भएकाले यसै ठाउामा कार्य व्यवस्था मिलाउन पहलकदमी चाल्न मन्त्री आचार्यलाई ज्ञापनपत्रमार्फत पोखरेलले आग्रह गर्नुभयो । उहााले बुटवल भूमिसिंचाई परियोजना संचालन र नौमुरे डाइभर्सन संचालनका लागि समेत पहल गरेमा कपिलवस्तुलाई सिंचित क्षेत्रको रुपमा अगाडि बढाउन सकिने दर्शाउादै मन्त्री आचार्यलाई ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कार्यबाहक सभापति अब्दुल कलाम खााले समेत जिल्लामा सिंचाईको समस्या रहेको औल्याउादै राज्यमन्त्रीले सिचाईलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला स्तरका नेता तथा कार्यकर्ता, व्यापारसंघ कपिलवस्तुका पदाधिकारी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

 

धेरै कमेन्ट गरिएका