कपिलवस्तु, मंसिर २३ । सरकारले पेस गरेको विधयेकको विरुद्धमा संयुक्त संर्घष समिती शिक्षक तथा सामाजिक संघ संस्था कपिलवस्तुले विहिवार ज्ञापन पत्र बुझाएका छन । प्रदेश नं. ५ बाट पहाड अलग गराउन लागेकोमा विरोध गर्दै ज्ञापन पत्र पेस गरीएको हो । वन्द फिर्ता गरी रचनात्मक संर्घष को आभ्हान गरेको समितीले शान्तिपुर्ण रुपमा आन्दोलन गर्ने बताईएको थियो ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत प्रधानमन्त्री समक्ष पेष गरीएको ज्ञापन पत्रमा मधेश र पहाड बस्ने जनसमुदायको सांस्कृतिक आर्थिक, सामाजिक, पर्यटकिय तथा प्राकृततिक भावनाको मिलनलाई एकतावद्ध गराउनु पर्ने वताईएको छ ।एमाले निकट वुद्धीजीवी संगठनमा संयोजक बालाराम ज्ञवालीले ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाललाई बुझाउनु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी ढकालले ज्ञापन पत्र प्रधानमन्त्रिको कार्यालय समक्ष पुराउने वताउनु भयो । ज्ञापन पत्रमा नेपाल राष्ट्रिय शिक्षक संघमा जगन्नाथ मरासिनी, प्यावसन अध्यक्ष सरोज खनाल, हिसानका बासुदेव घिमिरे, मानव अधिकार एलाईन्समा रोमकान्त घिमिरे तथा एमाले, कांग्रेस, जनमोर्चा निकटका शिक्षक , पत्रकार, मानवअधिकारबादी , संघ संस्था, बु्द्धीजीवी लगायतले हस्ताक्षर गरेको छन ।
यता ज्ञापन पत्र पेष गरे पछी मधेशी मोर्चाले केहीवेर नारावाजी गरेको थियो । जिल्ला प्रशासन कार्यालय अगाडी १ दर्जन मोर्चाका कार्यकर्ताले विरोध गरेका थिए । उनिहरुले एमाले , प्रशासनकार्यालय, पत्रकार र कांग्रेस नेता तथा रक्षा मन्त्री बालकृष्ण खााडको विरुद्धमा नारावाजी गरेका थिए । रक्षा मन्त्री खााडले बुधबार कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै प्रदेश नं. ५ टुक्रउन नहुने अभिब्यक्ति दिएका थिए ।
3