गलत नागरिकता लिने र दिने दुबैलाई कारवाही गरेमात्र राष्ट्रिय एकता मजबुत हुन्छ : प्रदेश प्रमुख झा

सेयर गर्नुहोस

सप्तरी । प्रदेश २ का प्रमुख राजेश झा ‘अहिराज’ ले गलत प्रक्रियाबाट नेपाली नागरिकता लिनेलाई मात्र नभई दिने कर्मचारीलाई पनि कारवाही गर्नुपर्ने बताएका छन् । कीर्ते गरी नागरिकता लिने र दिने दुबै दोषी भएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमा आइतबार सुरक्षा निकायका अधिकारी र सञ्चारकर्मीसँगको अन्तक्रियामा प्रदेश प्रमुख झाले गलत प्रक्रियाबाट नागरिकता लिनेलाई मात्रै कारवाही हुने गरेको भन्दै दिने कर्मचारीलाई पनि कारवाही हुनुपर्ने बताए । ‘लिनेलाई कारवाही हुने अनि दिने व्यक्ति पेन्सन खाएर बस्नु ठीक होइन’ उनले भने, ‘दुबैलाई कारवाहीको दायरामा ल्याउनु जरुरी छ ।’

झाले राजनीति र अपराधलाई छुट्याउनुपर्ने पनि बताए । राजनीति र अपराध छुट्टाछुट्टै विषय भएको भन्दै उनले यो दुबैलाई चिनेर अगाडि बढे मात्र समाज पनि मजबुत बन्ने बताए । प्रदेश २ अपराध र अतिवादको चपेटामा रहेकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने पनि प्रदेश प्रमुख झाले बताए ।

उनले सीमा सुरक्षा, नागरिकता, भ्रष्टाचार र राष्ट्रिय एकतामा कुनै किसिमको सम्झौता गर्न नसकिने बताए ।अनलाइनखबर

Facebook Comments Box