थारुवान मोर्चा संगठन बिस्तारमा सघर्षरत

एजेन्सी । तराईमा अहिले थारुवान मोर्चाले आफ्नो बिरोधका कार्यक्रम आयोजना गर्दै छ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले अब कडा आन्दोलन गर्ने तयारीमा रहेको देखिन थालेको छ । मोर्चाको संयोजक लक्ष्मण थारुको सक्रियतामा अहिले तराईको विभिन्न जिल्लामा संगठन बिस्तार भइरहेको छ । टीकापुर घटनामा सासद रेशम चौधरीलाई अहिले सरकारले थुनुवामा राखेको छ भने विभिन्न थारु नेता तथा कार्यकर्तालाई पक्राउ गर्ने गरि अदालतले निर्णय गरेको हो ।थारुहरु माथी हुँदै आएको अन्याय विरुद्ध र थारुहरुको हक अधिकारका लागि मोर्चा अहिले संघर्षरत रहेको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु विभिन्न मधेसीदलहरु सङ सयुक्त आन्दोलन गर्ने तयारीमा रहेका छ्न । मोर्चाका संयोजक थारु केही दिन अघि मात्र जनमत पार्टीका नेता कार्यकर्तालाई समेत भेट्न् पुगेका हुन । थारु समुदाय नेपालको असली भुमीपुत्र हुन , थारु समुदायको हक अधिकार दिन नेपाल सरकारले बेवास्ता गर्दै आएको छ । सुकुम्बासीको नामबाट पहाडबाट बसाई सराई गराई तराईमा बसोबास गरेका खस मानसिकताका ब्याक्तीहरुले थारुहरुको जन जङ्गल जमिन कब्जा गरि थारुहरुलाई भुमिहिन समेत बनाएका हुन । अब जातीय भेदभाव , अन्याय पुर्ण सविधान संशोधन गर्नु पर्ने , सहितका माङ राख्दै कडा आन्दोलन तर्फ जान बाध्य भएको बताउँछन । अहिले बाकेको राप्तिसोनारीमा आयोजित एक कार्यक्रमका बिच सन्तोष थारुको सयोजकमा १३ सदस्यीय कार्यसमिति समेत गठन भएको छ । तस्बिर समाजिक संजाल बाट
