१३ बैशाख २०८१, बिहीबार

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीद्वारा आत्महत्या न्युनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरियो

लक्ष्मण बि सि,
२३/ साउन अर्घाखाँची आत्महत्या न्यूनीकरण तथा कोभिड-१९ रोकथाम सम्बन्धी कार्यक्रम सम्पन्न

पछिल्लो समय अर्घाखाँची जिल्लामा विभिन्न कारणले आत्महत्याका घटनाहरु बढिरहेका छन् । यसै सन्दर्भलाई लिएर जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आत्महत्याका विरुद्धमा गाउँगाउँमा गई सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ।

“समुदाय-प्रहरी साझेदारी कार्यक्रम”अन्तर्गत अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ८ अर्घातोष प्रहरी चौकीमा उक्त कार्यक्रम सन्चालन गरिएको थियो। प्रहरी चाैकीको प्राङ्गणमा सम्पन्न कार्यक्रममा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण रुपमा पालना गरिएको थियो ।
उक्त कार्यक्रममा समुदायमा बढ्दै गइरहेको आत्महत्यालाई न्यूनीकरण गर्ने सन्देश सहितका प्लेकार्डहरु प्रदर्शन गरिएका थिए भने कोभिड १९ र त्यसले समुदायका व्यक्तिहरुमा मानसिक विचलन ल्याएको विषयमा कार्यक्रम विशेषतः केन्द्रित रहेको थियो।
आत्महत्यालाई न्यूनीकरण गर्ने सन्देश सहितका प्लेकार्ड प्रदर्शन
सचेतना तथा प्रशिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्री, प्रहरी निरीक्षक सुजन शाह , वार्ड अध्यक्ष, अर्घातोष स्वास्थ्य चौकीका प्रमुख, स्थानीय भद्रभलादमी, समाजसेवी, बुद्धिजिबी तथा सर्वसाधारणहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

अर्घाखाँची जिल्लामा २०७७ असार देखि २०७८ असार सम्म जम्मा ८३ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक सुजन शाहले दिएका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट