ऊर्जामन्त्री भुसालसँगै मनाङ मा पुगे प्रचण्ड

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
२३ साउन अर्घाखाँची
बाढीपहिरोले पुर्‍याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन्।

असार १ गतेको बाढीपहिरोले क्षति पुर्‍याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उनीहरु आएका हुन्। जिल्लाका विभिन्न स्थानमा पुर्‍याएको क्षतिको निरीक्षण गरी समाधानको उपाय र आवश्यक सहयोगका लागि उनीहरु मनाङ आएको बताइएको छ।

यहाँ आएका प्रचण्ड, ऊर्जामन्त्री भुसालसँगै पूर्वमन्त्रीद्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुखलगायतको टोलीले मनाङमा बाढीपहिराले क्षति पुर्‍याएका क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ।

Facebook Comments Box