प्रदेश नं. ५ बाट पहाडी जिल्ला हटाउनु हुदैन : रक्षा मन्त्री खााड

सेयर गर्नुहोस

khandजानु पाण्डे
कपिलवस्तु ,
नेपाली कांग्रेसका नेता तथा रक्षा मन्त्रि बाल कृष्ण खााडलेप्रदेश नं. ५ बाट पहाडी जिल्ला हटाउन दर्ता भएको विधयेकमा सर्मथन नरहको बताउनु भयो ।

     घुमाउरो पारामा बोल्दै मन्त्री खााडले यहाका जनताको चाहना प्रदेश नं. ५ बाट पहाड टुक्रईयोस भन्ने मुद्धा रहेको छ त्यो मुद्धामा आफ्नो सर्मथन रहेको बताउनु भयो । सवै भाषी, जात जाती, प्रकृतिक सम्पदा मिलेर वनेको ५ नं. प्रदेश साविककै रहनु पर्ने मा मन्त्री खााडले जोड दिनु भयो । प्रदेश नं. ५ गौतम बुद्ध संग जोडिएको प्रदेश रहेकोले यस प्रदेशबाट बुद्ध संग जोडिएका सवै क्षेत्र अटनु पर्नेमा जोड दिनु भयो ।
आठौं कपिलवस्तु महोत्सव एवं कृषी पर्यटन तथा औद्योगिक प्रर्दशनीको बुधबार उदघाटन गर्दै मन्त्री खााडले आवश्यक परे मन्त्री पद समेत त्याग्न तयार रहेको वताउनु भयो । नेता खााडले संविधान शंशोधनको मुद्धा आवश्यक्ता भन्दा बढि अपव्याख्या गरिएको बताउनुभयो । “अन्तरिम संविधानमै व्यवस्था भएको अंगीकृत नागरिकता र भाषागत विषय अहिलेको संविधानमा राख्न किन आपत्ती” उहाले प्रश्न गर्दै भन्नुभयो । ठुलादलले नवलपरासी देखि बर्दिया सम्मको एउटा प्रदेश सहमतिमा हस्ताक्षर गरेको बताउर्दै खााडले भारतको इशारामा संशोधन प्रस्ताव दर्ता गरिएको भन्ने आरोप गलत भएको बताउनुभयो । नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमताको रक्षा मधेशी , हिमालका सिमामा वस्ने शेर्पाहरुले गरेको भन्दै संशोधन प्रस्ताव पारित भएमा राष्ट्रियता खतरामा नपर्ने उहाले दाबी गर्नुभयो ।
हामीले संविधान पूर्ण कार्यान्वयनकै लागि संशोधन प्रस्ताव दर्ता गरेका हौ, प्राप्त उप्लव्धि रक्षा र स्थायी शान्ति कायम गर्न संविधान कार्यान्वयन हुनुपर्ने रक्षामन्त्रीले जिकिर गर्नुभयो । कार्यक्रममा कपिलवस्तु जिल्ला क्षेत्र नं. २ का सांसद अतहर कमालले एमालेले भोटको लागी राजनीती गरेको र साम्प्रदायिक सदभाव विथोल्ने कार्य गरेको आरोप लगाउनुभएको छ ।
महोत्सवको उदघाटन गर्न रक्षा मन्त्री खााडले नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्नु भएको थियो । महोत्सव मंसिर २२ देखि पुस ३ गते सम्म संचालन हुने आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो । महोत्सवमा २ लाख बढिले अवलोकन गर्ने र ५ करोड वढीको कारोवार हुने महोत्सवका निर्दैशक छवि रेश्मी मगरले वताउनु भयो ।

Facebook Comments Box