मन्त्री नपाउने सांसद भाग्ने डरले फकाउन उपेन्द्र यादवकाे विज्ञाप्ति

सेयर गर्नुहोस

काठमाडौ / श्रावण २१ ।
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले विभिन्न कारणबाट पार्टी छाडेकालाई जसपामै फर्कन आग्रह गरेका छन् । अध्यक्ष यादवले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

मन्त्री नपाएकाहरु भाग्ने डरले जसपा संसदीय दलका नेता उपेन्द्र यादवले विज्ञप्तिमा आधिकारिकता टुंगो लाग्नुअगाडि पार्टीबाट अलग्गिएकालाई जसपामा नै फर्किएर वैकल्पिक शक्ति निर्माणको अभियानमा जोडिन आग्रह गरेका छन। विज्ञप्तिमा निर्वाचन आयोगले पार्टीबारे आधिकारिकतासम्बन्धी निर्णय गर्नुअघि पार्टीबाट अलग भएका र अलमलमा परेकालाई जसपामा फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणमा लाग्न आह्वान गरिएको छ।

यादवले विज्ञप्तिमा अहिलेसम्मको उपलब्धिलाई रक्षा गरेर अगाडि बढ्नुपर्ने र प्रतिगमनकारी प्रवृत्तिप्रति सतर्क र सचेत रहनु समयको माग भएको उल्लेख गरेका छन् । जसपा आधिकारकिता विवादका कारण महन्थ ठाकुर र उपेन्द यादव आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोग पुगेका थिए । आयोगले साउन ११ मा आधिकारिकता विवाद टुंगो लगाउँदै यादव पक्षलाई जसपाको आधिकारिकता दिएको थियो । आयोगको निर्णयपछि दलविहीन अवस्थामा रहेको ठाकुर समूह यही विषयलाई लिएर सर्वोच्च अदालत गएको छ ।नयाँ पत्रिकाबाट

Facebook Comments Box