१३ बैशाख २०८१, बिहीबार

मधेशी महिला घुम्टाेभित्रै बस्ने नाकारात्मक साेच चिर्दै वडाध्यक्ष मिश्रा

चन्द्राैटा , साउन २१। मधेशी महिला घुम्टाेभित्रै बस्ने नाकारात्मक साेच चिर्दै मन्जु मिश्रले सानाे समयमै शिवराज नगरपालिका वडा १० लाई नमुना बनाउन लागि परेकी छिन ।
तराई-मधेशमा उच्च जातिका महिला खासगरि घुम्टाेभित्रै रहि घरकाे कामकाजमात्र गर्ने साेचलाई किनारा लगाउदै घर बाहिर निस्केर आफ्नाे पति जसपाका केन्द्रीय नेता रविदत्त मिश्रसंगै जनसेवामा हाेमिएकी मन्जु मिश्रले वडाध्यक्ष शकुन्तला भारतीकाे मृत्युपछि २०७६ काे स्थानीय उपचुनावमा निर्वाचित भएकी थिइन ।
फरक धारकाे राजनितिले परिचित परिवारबाट जनप्रतिनिधितब गर्न निस्केकी वडाध्यक्ष मिश्र धेरै जसाे वडाभित्रकै समस्यालाई बुझ्ने र समाधान गर्ने साथै बिकास निर्माणमा पनि सबैलाई समेट्दै अगाडि बढ्ने गरेकी छिन ।
घरायसी कामदेखि लिएर छाेराछाेरीलाई समेत हेरचाह गर्दै आएकी वडाध्यक्ष मिश्र भन्नुहुन्छ – जनप्रतिनिधि बनेपछि जनताकाे सेवामा नै समर्पित हुनुपर्छ । जसरी पेट भर्न हामीलाई खाना चाहिन्छ त्यसरी नै अन्य अतिआवश्यक सुविधाहरु व्यवस्थित गरेमात्र समाजकाे विकास हुन्छ । हामी आफ्नाे घरपरिवारलाई सुव्यवस्थित गर्न जति उत्सुक हुन्छौं त्यस्तै नै आफ्नाे क्षेत्र र जनतालाई समेत अपनत्वकाे अनुभुति गराउनु सिक्नुपर्छ ।
शिवराज नगरपालिकाकाे वडाले पाउने बजेटभित्रै सबभन्दा व्यवस्थित वडा कार्यालय, ल्यावसहितकाे स्वास्थ्य चाैकी , नारी शिल्पकला केन्द्र, बाटाेघाटाे ,खानेपानी ,सिंचाई कल्भर्ट लगायतका सुविधामा अव्वल रहेकाे स्थानीय बताउँछन।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट