सङ्क्रमण पुष्टि दर भारतको भन्दा चारगुना बढी नेपालमा , घटाउन के गर्नुपर्छ ?
।
काठमाडौं ।
नेपालमा कोरोनाभाइरस सङ्क्रमित मानिसको कुल सङ्ख्या सात लाख र मृत्यु हुनेको सङ्ख्या १०,००० पुग्न लागेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार अपवादबाहेक अझै सङ्क्रमण पुष्टि दर २० प्रतिशतभन्दा घट्न सकेको छैन। अर्थात् १०० जना मानिसको परीक्षण गर्दा सरदर २० जनामा कोभिड पुष्टि हुने गरेको छ।
सोमवारकै तथ्याङ्क हेर्दा २४ घण्टाभित्र परीक्षण गरिएका नमुनामध्ये २२ प्रतिशतभन्दा बढीमा सङ्क्रमण पाइयो।
अतिसङ्क्रामक मानिएको डेल्टा भेरिअन्टको उत्परिवर्तन हालै नेपालमा पनि पुष्टि भएपछि कोभिड महामारीबारे थप चिन्ता र चासो व्यक्त भइरहेका छन्।
दक्षिण एशियामा सङ्क्रमण र मृत्यु
भारतमा मङ्गलवार बिहानसम्म कुल ३,१६,९५,९५८ कोरोनाभाइरस सङ्क्रमित भएका छन् भने कोभिड-१९ बाट ४,२४,७७३ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ।
भारतपछि बाङ्ग्लादेशमा हालसम्म कुल १२,८०,३१७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २१,१६२ जनाले ज्यान गुमाएका छन्।
पाकिस्तानमा कुल सङ्क्रमण सङ्ख्या १०,३९,६९५ पुगेको छ भने २३,४६२ को मृत्यु भएको छ।
