२६ भाद्र २०८१, बुधबार

खुला दिशा मुक्त गर्न बहादुरगंज गाबिसमा अन्तर्क्रिया

dsc00100अमर श्रीवास्तव/कपिलबस्तु । जिल्लाकाे बहादुरगंज गाबिसलाई सरसफाई युक्त गाबिस बनाउन भी-वाससिसिकाे एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ । युएसअाईडी अन्तर्गतकाे सुअाहारा कार्यक्रमकाे लागि सरसफाई र खुलादिशामुक्त गाबिस घाेषणा गर्नकाे लागि स्थानियहरुकाे सक्रियता बढाउन बहादुरगंज गाबिसमा सचिव तेजबहादुर सिहंकाे अध्यक्षता र भी-वाससिसि जिल्ला समन्वयकर्ता कमला सापकाेटाकाे अतिथ्यतामा विभिन्न दलका प्रतिनिधि तथा स्थानिय समाजसेवीहरुकाे भेला गरियाे । भेलामा बहादुरगंज गाबिसलाई खुला दिशा मुक्त गर्न देखा परेका समास्या बारे छलफल गरियाे । छलफलमा चर्पी नबाउने व अटेरी गर्नेलाई गाबिसबाट पत्र काटेर अल्टीमेटम दिने तथा साेपछि पनि समास्या देखा परे गाबिसबाटै अावश्यक कार्यवाही गर्ने सर्वदलियले निर्णय गरेकाे छ। कुल १६५५ घरधुरि रहेकाे यश गाबिसमा लगभग ४५० वटा चर्पी मात्रै बनेकाे स्राेतले जनाएकाे छ। यसभन्दा पहिला गाबिसभित्र रिगं निशुल्क वितरण गरिएकाे थियाे तरपनि अहिलेसम्म उपलब्धिमूलक प्रतिफल नपाएकाेले गाबिसबाट दिईने रिगं बन्द गरिएकाे सचिव सिंहले बताएका छन। उनले गाबिसभित्रका जनप्रतिनिधिहरुलाई अाफ्नाे घरमा चर्पी बनाउन अाग्रह गरे साथै सर्वसाधारणलाई पनि चर्पी बनाउन अाअाफ्ना क्षेत्रबाटै सहयाेग गर्न अनुराेध गरे । उक्त कार्यक्रममा नगरसमितिका पुर्वअध्यक्ष दीपक शुक्ला , राधेश्याम जयसवाल लगायत विभिन्न दलका प्रतिनिधिहरुकाे उपस्थिति थियाे ।

धेरै कमेन्ट गरिएका