१३ बैशाख २०८१, बिहीबार

नागरिकताविहिन अनागरिक नेपाली आन्दोलनमा उत्रिए

काठमाडौं ।
नागरिकता नहुनुको पीडा भोग्नेहरूलाई नै थाहा हुन्छ । हर पाइलामा ‘अनागरिक’ हुनुको पीडा उनीहरूले सार्वजनिक फोरममा निरन्तर पोख्दै आएका छन् । बुधबार पनि नागरिकता पाउने व्यवस्था गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ ।

नागरिकता नभएकै कारण आफूहरू अधिकारबाट वञ्चित हुनुपरेकाले समस्या समाधानको पहल लिइदिन उनीहरूको अनुरोध छ । ‘नागरिकताबिहीन नेपालीहरू’ को संयोजनमा राजधानीको माइतीघरमा भेला भएकाहरूले नेपालको संविधानको धारा ११ को उपधारा ३ र ५ छिटोभन्दा छिटो कार्यान्वयन गर्न माग गर्दै उनीहरूले विगतका दिनमा नागरिकता नपाएर गुमाएको सेवा सुविधाको क्षतिपूर्ति पाउनुपर्ने समेत माग राखेका थिए ।

उनीहरुले संसदमा विचाराधीन नागरिकता विधेयक अविलम्ब पारित गराउन समेत माग गरेका थिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट